कमलामाई नगरपालिकाले ऐतिहासिक स्थल सिन्धुलीगढीबाट भ्रमण बर्ष २०२० को उदघाटन गर्ने तयारी गरेको जनाइएको छ । पुष १६ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सिन्धुलीगढीमा आउने कार्यक्रम तय भएको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भ्रमण बर्षलाई नै लक्षित गरेर सिन्धुलीगढीमा पृश्वीनारायण शाहको शालिक समेत अनावरण गरिने भएको छ । भ्रमण बर्षको सुरुवात नै सिन्धुलीगढीबाट गर्ने कार्यक्रम तय भएको नगर प्रमुख खत्रिले बताउनुभयो ।
सात गाँउपालिका र दुई नगरपालिका रहेको सिन्धुलीमा नेपालकै अस्तित्व जोगाउन सफल भएको सिन्धुलीगढी कमलामाई नगरपालिकामा पर्छ ।
फिक्कल गाँउपालिकाले भ्रमण बर्षलाई लक्षित गरेर र्यफ्टिङ महोत्सव गर्ने जनाएको छ । गाँउपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार गाँउपालिकामा मुख्य रुपमा खेती गरिने किबीलाई समेत प्रोत्साहन गर्ने कार्यक्रम गरिएको छ । गाँउपालिकाको गतिविधिलाई फोटोमार्फत प्रर्दशन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।