नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को राष्ट्रिय भेला आज ऐतिहाँसिक सिन्धुलीगढीमा हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)संघिय समितिको आयोजना, ३ नं प्रदेश समितिको संयोजन तथा जिल्ला शाखाको व्यवस्थापनमा राष्ट्रिय भेला ऐतिहाँसिक सिन्धुलीगढीमा हुने भएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा (फोनिज) सिन्धुलीले आइतवार राष्ट्रिय भेलामा आउने अथितिरुलाई गोलन्जोर गाउँपालिमा ५ खनियाँखर्कमा एक कार्यक्रम गरि स्वागत तथा अन्तरक्रिया गरेको छ । भ्रमण वर्ष २०२० को पुर्ब सन्ध्यामा ऐतिहाँसिक सिन्धुलीगढीमा आदिबासि जनजाति पेशामा क्रियाशिल देशभरीको पत्रकारहरुको उपस्थितीले ऐतिहाँसिक सिन्धुलीगढीको प्रवद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
“संचारमा समावेसीता – कानुन चाहियो, ब्याबारमा पनि !” भन्ने मुलनाराका साथ सिन्धुलीको खनिखर्क स्थित चेतना भिलेज रिर्सोटमा सुरु भएको राष्ट्रिय भेलाको पहिलो दिन आदिवासी जनजातिको सवाल र संचार माध्यमको भूमिका बिषयमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा नेपाल सरकारका न्युनतम पारिश्रमीक निर्धारण समितीका अध्यक्ष गंगाधर पराजुलीले श्रमजिवि पत्रकार ऐन २०५१ र न्युनतम पमरिश्रमिकको कार्यन्वयमा मिडिया संचालकाका समस्या बिषयमा जानकारी गराउनु भएको थियो । संचारमाध्यमहरु खोल्नेहरले पनि बिभिन्न चुनौतिहरु सामाना गर्नु परेको छ । सरकारको ऐन कानुमा भएको जटिलताकको कारणले गर्दा मिडिया संचालन गर्न गाह्रो परेको बताउनु भयो । जसका कारण मिडिया टिकाउन र पत्रकारहरुको पारिश्रमिक दिन सकिएको छैन । न्युनतम पारिश्रमिक समितीले पारिश्रमिक बृद्धि गर्ने र तोक्ने काम गरेको छ , ठुला मिडियामा एकमुष्ठट ५ प्रतिशत बृद्धि लगरेको भने ,साना मिडियमा न्युनतम १७ हजार ६ सय २५ रुपैया कायम गरेको बताउनु भयो । पराजुलीले मिडियामा काम गर्ने पत्रकारहरुले आफ्नो न्युनतम पमरिश्रमिक नपपाउदा जिविका संचान गर्न समेत गाह्रो परेको बताउनुभयो । जुन मिडिणमा काम गर्नुहुन्छ त्यहि मिडियाको माध्यमबाट जनजातिहरुको सवालका आवाज उठाउन आग्रह गर्नु भयो । बर्तमान अवस्था नेपाल सरकारले जारी गरेको मिडिया काउन्सिल बिदयकले गरेको ब्यबस्था लगाएका बिषयमा जानकारी गराउनुु भएको थियो । पत्रकारहरुमा पनि आदिवासी जनजाति पत्रकारहरुको समस्याहरु लाई संस्थागत रुपमा समाधान गर्न पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष नविन रोकामगरले आविासी ,जनजाति पत्रकार हरुले संचार माध्यमा समान पुँच नहुनु , समाचार संप्रेसरणमा श्रीर्वना गरेको पाईइको बताउनु भयो । आदिवासी जनजातिहरुको आत्मा समान हुनेगरी ब्याबाहार गर्न आग्रह गर्नु भएको छ । यदि जनजाति हरुलाई बिभेदकारी ब्याबाहार गर्दै जाने हो भने, संर्घषमा उत्रन तयार रहेको बताउनु भएको छ । सरकारले अघि सारेका सुखी नेपाली सम्बृद्ध नेपाल सुन्दामा राम्रो भएको भएनि आदिवासी जनजातिका लागि समेट्ने खालको न भएको बताउनु भययो ।
आदिवासी कुलमा जन्मिएर पत्रकारीतमा क्रियाशिल देशभरका जनजाति पत्रकारहरुको सहभागिता रहेको छ । आविासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङको अध्यक्ष्तामा भएको कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चाय नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल , नेपाल आदिवासी जनजाति महासंघ, नेपाल आदिवासी जनजाति युवा महासंघ, महिला महासंघ , बिभिन्न प्रतिष्ठान लगाएतका सदस्यहरुको सहभागिता रहेको छ । राष्ट्रिय भेला सिन्धुलीगढी घोषणापत्र जारी गदै पुष ७ गते सकिने छ ।