शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सरकारले ईतिहासकै अनुकुल अवसरको सदुपयोग गर्न सकेन: प्रबक्ता शर्मा

आइतवार , पौष ६, २०७६

नेपाली काँग्रेसका प्रबक्ता तथा केन्द्रिय सदस्य विश्वप्रकास शर्माले काँग्रेसले चुनावमा हारेकोले नै नेपाली जनताले कम्युनिष्टलाई चिन्न पाएको बताउनु भएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ११ मैनीमा शनिबारदेखि सुरु भएको दुई दिने नेपाली काँग्रेस पार्टी कार्यकर्ता प्रशिक्षण शिबिरको उदघाटन कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “काँग्रेसले नहारोको भए कम्युनिष्टले जित्ने थिएन । कम्युनिष्टले नजितेको भए नेपाली जनतामा एक दिन कम्युनिष्टको शासन व्यवस्था आउछ र यो देशको मुहार फेरिन्छ भन्ने भ्रम हुन्थ्यो । हामीले हा¥यौ, जे भयो ठिकै भयो ।”

“कम्युनिष्टको शासन व्यवस्था आएपछि एकै बर्षमा नेपाली जनता चेतबाबा कासी भएका छन्,” उहाँले भन्नुभयो, “अहिले नेपाली जन्ताले कम्युनिष्ट पार्टीलाई चिन्ने अबसर पाएका छन् ।” सरकारले ईतिहासको सबै भन्दा अनुकुल अवसरको सदुपयोग गर्न नसकेको उहाँको भनाई थियो ।

“देशलाई शान्ति भई सकेपछि, संविधान बनि सकेपछि, तीनै तहको चुनाब सकिएपछि बनेको यो स्थिर सरकारलाई काम गर्न केले छेकेको छ,” काँग्रेस प्रबक्ता शर्माले भन्नुभयो, “प्रतिपक्षले सम्पूर्ण पक्षले सहयोग गर्दा पनि केही गर्न नसक्नु कम्युनिष्टलाई चिन्ने अबसर भएको छ ।”

“यो बेलामा सरक्कसँग सरकारले दिलको कुरा दृढतापूर्वक दिल्लीसँग राखेर काम गर्न समस्या के छ ? राष्ट्रबादी हो भने समस्या के छ ? कम्युनिष्ट पार्टी कत्तिको राष्ट्रवादी हो भन्ने कुरा कालापानीबाट प्रष्ट भएको छ,” उहाँले थप्नुभयो ।

देशले समृद्धिमा गति लियोस भनेर नै काँग्रेसले सरकारलाई अप्ठेरोमा नपारेको उहाँको भनाई थियो । प्रवक्ता शर्माले, मुलुक हाक्न सक्ने क्षमता युवाहरुमा भएकोले बताउनु भयो । युवाहरुमा एकता र दृढबिश्वास हुनु पर्ने बताउदै, देशमा उज्यालो भर्ने नविन सोच राखेर युवाहरुलाई अगाडी बढ्न उहाँले आग्रह गर्नु भएको छ ।

अनौकौ समस्या र चुनौतीहरु बिच पनि उत्साहित भएर देशलाई समृद्ध बनाउन युवाले अघि बढ्न सक्ने बताउनु भयो । नेपाली काँग्रेसले पाटीलाई मात्र प्रथामिता नदिएर,सबै समुदाय बर्गलाई समेट्दै लगेको पनि उहाँको भनाई छ । चुनाबमा एक दुई पटक हारहुदैमा निरास भईहाल्नु पर्ने अबस्था नरहेकोले युवालाई सहि प्रशिक्षणले सधै अगाडी बढ्न उत्साहा प्रदान गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा नेपाल महिला संघ अध्यक्ष डिला संग्रौलाले भ्रष्टचार र घुसखैरीले देश नचल्ने बताउनु भएको थियो । उहाँले भ्रष्टचारको जगमा मुलुक चलाउनेहरुको हातमा देश पुगेपछि “देश बादर न आफ्नो घर बनाउछ, न अरुलाई बनाउन दिन्छ” भने जस्तै भएको बताउनु भयो ।

अर्का केन्द्रिय सदस्य कल्याण गुरुङले राजनितिक दलको नाममा राजमार्गको नाम राखेको आफुहरुलाई मान्य नभएको बताउनु भएको थियो । नेपाली जनताले दुई तिहाईमा पु¥याएको कम्युनिष्ट सरकारका स्थानीय तहहरुमा धेरै भ्रष्टचार भएको बताउदै नेता गुरुङले तराईका केहि जिल्लालाई नदिबाट बचाउन जनताका लागि तटबन्ध कार्यक्रम लागू गराए पनि कमलाखोजमा यो कार्यक्रम नल्या दुःखेसो पोख्नुभयो । उहाँले कांग्रेसलाई जिताएर सरकारमा पुर्याए कमलाखोजमा उक्त कार्यक्रम ल्याउने बताउनु भयो ।

नेपाली काँग्रेस दुधौली नगरपालिका–११ वडा कार्य समितिका सभापति यादब कार्कीको अध्यक्षतामा भएको शिविर उद्घाटन समारोहमा केन्द्रिय सदस्य श्याम घिमिरे, नेपाली काँग्रेस जिल्ला सभापति उज्ज्वल बराल, पूर्व सभासद मोहन बराल लगायतका बक्ताले प्रशिक्षणको उद्देश्यमाथि प्रकास पार्नु भएको थियो ।

सो अबसरमा दुधौली नगरपालिकाका विभिन्न वडाका गरि २५ जना नेकपा परि त्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् ।

पुस ५ र ६ गते गरी दुई दिनसम्म चल्ने उक्त प्रशिक्षण शिविरमा दुधौली नगरपालिका अन्तर्गतका नेपाली काँग्रेसका अगुवा १५० जना कार्यकर्ता सहभागि हुने आयोजकले जनाएको छ । सहभागिहरुलाई नेपाली काँग्रेस केन्द्रिय नीति तथा प्रतिष्ठान समितिका सदस्य मदन कट्टेल, प्रमोदहरी गुरागाँई, नेपाल महिला संघ अध्यक्ष डिला संग्रौला र नेपाली काँग्रेस जिल्ला सभापति उज्ज्वल बरालले प्रशिक्षण दिनु हुने छ । तस्बिरः विदुर वाईवाको फेसबुकबाट

प्रतिक्रिया