शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

नब निर्मित भवनको उद्घाटन

शनिवार , पौष ५, २०७६

मरिण गाउपालिका –४ मा रहेको प्राथमिक विद्यालय साहानको नवनिर्मित ४ कोठे भुकम्प प्रतिरोधी भवन शुक्रबार उदघाटन गरिएको छ । ६८ लाख ३७ हजार ८ सय २३ लागतमा, निर्माण सम्पन्न भएको विद्यालय भवन मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले उदघाटन गर्नुभएको हो ।

विद्यालय व्यवस्थापन समितिको सहकार्यमा, जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा, सिन्धुलीको आर्थिक सहयोगमा २०७५ साल कार्तिक १७ गतेबाट सुरु गरेको भवन निर्माण २०७६ असार मसान्तमा निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक पुष्पा पन्त देबकोटाले जानकारी दिनुभयो ।

प्रा

थमिक विद्यालय साहान २०७२ साल बैशाख १२, गते गएको विनासकारी भुकम्पले ध्वस्त भएको थियो । भवन निर्माण नभए सम्म ,पुरानै भवन मर्मत गरी कक्षा सञ्चालन हुदै आएका थियो ।

अहिले शिक्षक, विद्यार्र्थी नयाँ सुविधि सम्पन्न भुकम्प प्रतिरोधात्मक भवन बाट कक्षा सञ्चालन हुने भए पछि खुसी भएका छन् । भूकम्प प्रतिरोधि भवन बालमैत्री र अपाङ्गमैत्री बनाईएको बिद्यालयले जनाएको छ ।

प्रतिक्रिया