कमलामाई नगरपालिका सिन्धुलीले बालसंरक्षण नीति बनाउन खाका तयार गरेको छ । प्लान इन्टर नेसनल नेपालको आर्थिक सहयोग,सामुदायिक बिकास कार्यक्रम सिन्धुलीको प्राबिधिक सहयोग र कमलामाई नगरपालिकाको समन्वयमा बालसंरक्षण नीति बनाउन खाका तयार गरेको हो ।
बालबालिकाहरुलाई संरक्षण गर्न, बालबालिकाको अधिकार, सुरक्षा ,बिभिन्न घट्नाक्रममा बालबालिका माथिहुने हिंसा दुब्र्यवाहार ,बालबिवाह ,बाल श्रम जस्ता कुरालाई ध्यान दिदै, बालबालिकालाई सुरक्षित र ब्यबस्थित बनाउने उदेश्यले ,सामुदायिक बिकास कार्यक्रम सिन्धुलीको प्राबिधिक सहयोग र कमलामाई नगरपालिकाको समन्वयमा बाल संरक्षण नीति बनाउन खाका तयार गरेको सामुदायिक बिकास कार्यक्रमका अध्यक्ष रामधन माझीले बताउनु भयो ।
बिहीवार र शुक्रबार नगरक्षेत्रका सम्पुर्ण जनप्रतिनीधी, प्रमुख प्रशासकिय अधिकृत ,बिषयगत साखाका प्रमुख, जिल्ला स्तरीय बालक्लबका प्रतिनिधीहरु, बसेर समुहिक छलफल गरी बाल संरक्षण नीतिको खाका तयार गरेको नगरले जनाएको छ । बाल संरक्षण नीति बनाउन तयार गरेको खाकालाई नगरले छिट्छै पास गरेर कार्यन्वयमा ल्याउने जनाएको छ ।