२०७५ साल फागुनमा प्रहरी प्रधान कार्यालयले २६ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) लाई प्रहरी उपरिक्षकमा बढुवा गर्यो । उक्त बढुवा सिफारिसमा सिन्धुलीको हालका नयाँ एसपि रञ्जु सिग्देल पनि पर्नुभयो । तर, उहाँका श्रीमान डिएसपी अमेरन्द्रकुमार सिंहको बढुवा भएन । सिनियर डीएसपीको टपटेनभित्र रहदा पनि उहाँको बढुवा नभएपछि बढुवामा व्यापक चलखेल भएको समाचारहरु आएको थियो ।
०५८ को एक सय १४औँ टोलीका डिएसपी हुन् अमरेन्द्रकुमार सिंह र डिएसपी रञ्जु सिग्देल । बढुवाको उक्त समयमा परिवारमै समस्या ल्याउने अवस्था समेत देखिएको समाचारहरु छापिएका थिए । अमरेन्द्रकुमार सिंह र रञ्जु सिग्देल श्रीमान श्रीमती हुनुहुन्छ । उनीहरु ब्याची पनि हुन् । अमरेन्द्र बढुवामा छुटे भने रञ्जु बढुवा हुनुभयो । यसले उहाँहरुको परिवारमै समस्या भएको समाचारहरु आए । आफू चाहिँ किन बढुवा भइनँ भनेर आफन्तलाई जवाफ दिएर हिंड्नुपर्ने अवस्था अमरेन्द्रको थियो । अमरेन्द्र संगठनमा निकै इमान्दार र भलाद्मी अफिसरका रुपमा चिनिनुहुन्छ ।
उक्त समयमा ४४औं नम्बरमा रहनु भएको रञ्जु सिग्देलको बढुवा हुँदा श्रीमानको भने बढुवा भएन ।
फौजी दम्पतीका सुख–दुःख
प्रहरी सेवामा छिरेर तालिम लिँदासम्म सिग्देल र सिंह साथी मात्र हुनुहुनथियो । संगठनमै रहँदा एक–अर्कालाई मन पराएपछि परिवारसँग सल्लाह गरेर ०६३ मा वैवाहिक जीवनमा बाँधिनु भएको थियो । दुवै प्रहरी संगठनमा हुँदा एक–अर्कालाई धेरै सजिलो भएको अमरेन्द्रले बताउनुभयो । ‘कहिलेकाहीँ राति ड्युटीमा जानुप¥यो भने पनि उनले समस्या बुझ्छिन्, खाना लिएर जाऊ भन्छिन्,’ अमरेन्द्र भन्छन्, ‘पेसागत रूपमा पनि एक–अर्काबीच सरसल्लाह हुन्छ ।’ अमरेन्द्र र रञ्जुले पनि शान्ति मिसनमा सुडानको डार्फरमा सँगै काम गर्ने अवसर पाएका थिए ।