शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

२४ एसपीको सरुवा, सिन्धुलीमा रञ्जु सिग्देल

शनिवार , पौष ५, २०७६

प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ । सिन्धुलीसहित धेरै जिल्लाका प्रहरी नेतृत्व फेरिएका छन् ।

सिन्धुलीमा रञ्जु सिग्देल, झापामा कृष्ण कोइराला, रौतहटमा रविराज खड्का, चितवनमा गंगा पन्त, धनुषामा रमेशकुमार बस्नेत, काभ्रेमा रवि पौडेल, मकवानपुरमा सुशिलसिंह राठोर सरुवा हुनु भएको छ । विश्वमणि पोखरेल सर्लाही र रविन्द्र रेग्मीको धादिङमा सरुवा हुनु भएको छ ।

सिन्धुलीका एसपी चक्र बहादुर सिंहको प्रहरी प्रधान कार्यालय बैदेशिक समन्वय महाशाखा नक्साल काठमाडौमा सरुवा हुनु भएको छ ।

रौतहटमा मोहम्मद अफताब आलमको अनुसन्धान गरेका भुपेन्द्र खत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा ल्याइएनु भएको छ । चितवनमा रहेका दानबहादुर मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरूवा गरिएको छ।

प्रतिक्रिया