शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच अन्तरक्रिया कार्यक्रम

शुक्रवार , पौष ४, २०७६

विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),सिन्धुलीको आयोजनामा पारस्पारिक जबाफदेहिता परियोजना अन्तर्गत कार्यक्रम भएको हो ।

नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक शेषराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा विकासका लागि नागरिक समाज र सञ्चार जगतको सहकार्यमा सरोकारवालाले जोड दिएका छन् ।

गैरसरकारी महासंघ सिन्धुलीका अध्यक्ष वेदराज दाहालले नागरिक समाज र सञ्चार जगतले सरकारको अभियानमा हातेमालो गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सरकार,नागरिक समाज र सञ्चार जगतको सहकार्य तथा समन्वयले मात्र समृद्ध देश निर्माण हुने धारण राख्नुभयो । विदेशी मुलक जस्तै बनाउने नक्कल नगर्न सुझाव दिदैँ उहाँले नेपाललाई नेपाल जस्तै बनाउन जोड दिनुपर्ने बताउनुभयो ।

उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अम्रेशचन्द्र वैदार,नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष तथा रेडियो सिद्धवावाका प्रवन्ध निर्देशक टिकाजंग थापा लगाएतले विकास निर्माणका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्यको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुभएको थियो । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि विमला पाण्डेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया