सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर–५ को सुक्खा क्षेत्रमा लिफ्ट प्रविधि मार्फत सिंचाईको व्यवस्था गरिएको छ । गिभ पावर नामक अमेरिकन कम्पनीको सहयोगमा हरियाली कार्यक्रम अन्र्तगत लिफ्ट प्रविधि मार्फत सिंचाईको व्यवस्था गरिएको फिक्कल ५ को वडा कार्यालयले जनाएको छ ।
करिव १२ लाख लागतमा सम्पन्न भएको आयोजनाले पानीको अभावमा बड्दो खडेरी न्युनिकरण गर्ने अपेक्षा गरिएको वडा अध्यक्ष राजु बरालले बताउनुभयो । लिफ्ट सिंचाईबाट पानी आउने भएपछि तरकारी फलफुल उत्पादनमा बृद्धि हुने उहाँले बताउनुभयो ।
४ सय मिटर मुनिवाट सुनकोसी नदिको पानी लिफ्ट प्रविधि मार्फत बस्ती सम्म पुर्याउन सफल भएको उहाँले जानकारी दिनुभयो । लिफ्ट प्रविधि मार्फत यस क्षेत्रका ४२ घरधुरीले तरकारी खेती लगाएत फलफुलजन्य खेती गर्न सिंचाईको सुविधा लिन सक्ने उहाँको भनाई छ । तरकारी खेती गर्ने किसानहरुलाई लिफ्ट सिंचाईले ठुलो राहत मिल्ने उहाँले बताउनुभयो ।