नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले सुनकोसी गाउपालिका -४ रमितेमा निर्माण गरेको सिद्ध माध्यमिक विद्यालय कोटगाउ .फोटो :अशोक श्रेष्ठ
कमला प्राथमिक विद्यालयका बालबालिका विद्यालय भवनको अभावमा खुल्ला आकाशमुनि पढ्न बाध्य छन् । सिन्धुलीको कमलामाई नगरपालिका–१४,चन्दनपुरमा रहेको यस विद्यालयमा विपन्न समुदायका माझी,विश्वकर्मा,दनुवार र मगर जातीका ९५ जना बालबालिका पढ्छन् । बाल कक्षामा ४४ जना,कक्षा १ मा १५,कक्षा २ मा २३ जना र कक्षा ३ मा रहेका १३ जना बालबालिकालाई विद्यालय भवनको अभावमा खुल्ला आकाशमुनी राखेर पढाउनु पर्दा निकै समस्या भएको बिद्यालयका प्रध्यानाध्यापक बलराम चौलागाईको गुनासो छ ।
एक घण्टाको बाटो पैदल हिँडेर दुधौली नगरपालिका–३,झुंगा देखि साविक ७ रानिवास,चन्द्रनपुर सम्मका बालबालिका विद्यालयमा पढ्न आउँछन् । तर उनिहरुलाई कक्षा कोठाको अभावमा जाडो महिनामा चिसो बादल र गर्मि महिनामा घाँमको ताप सहेर पढ्नु पर्ने अवस्था छ । २०७२ सालको भुकम्पले परम्रागत शैलीमा निर्माण गरिएको ३ कोठे भवनमा क्षेती पुगेपछि यो समस्या आएको हो । विद्यालय पुनः निर्माणको लागी सम्बन्धित कार्यालयमा सम्पुर्ण विवरण पेश गरिसक्दा समेत यस बर्ष विद्यालय पुनः निर्माण हुने संकेत देखिएको छैन । विद्यार्थी नभएका बिद्यालयमा पक्की भवन बनेका छन् । विद्यार्थीको संख्या राम्रो भएका विद्यालयमा भवनहरुको पुनः निर्माण हुन नसकेको प्रध्यानाध्यापक चौलागाईले बताउनुभयो ।
कमलामाई नगरपालिका–७,गडौलीमा रहेको माध्यमिक विद्यालय खैरेनीमा पनि २०७२ साल बैशाख १२ को भूकम्पले क्षेति पु¥यायो । बिद्यालयको एउटा भवनमा रातो स्टिकर लगाईयो । तत्काल बिद्यालय भत्काएर बनाउन सक्ने अबस्था थिएन् । त्यहि बिद्यालयमा पठनपाठन सुरु भयो । रातो स्टिकर लगाएको भवनमा विद्यार्थीहरुलाई नराखे पनि अहिले शिक्षकहरुले त्यहि बिद्यालयको भवन प्रयोग गदै आएको माध्यमिक बिद्यालय गडौली खैरेनीका शिक्षक बिमल पहाडीले बताउनु भयो । ४ सय विद्यार्थी रहेको बिद्यालयमा प्रर्याप्त कक्षाकोठा नभएको उहाँको भनाई छ । विद्यालय भवन निर्माणको लागि टेन्डर प्रक्रिया अगाडी बढेको विद्यालयले जनाईएको छ ।
मरिण गाउँपालिका–७ मा रहेको अन्नपुर्ण प्राथमिक विद्यालय भूकम्प प्रतिरोधात्मक बनिसको छ । तर नवनिर्मित विद्यालय संचालनमा आएको छैन । विद्यालयका प्रध्यानाध्यापक टिकाराम थिङका अनुसार नवनिर्मित बिद्यालय भवनमा कक्षाकोठा पर्याप्त छैनन् । विद्यालयमा २ वटा मात्रै कक्षाकोठा छन् । अफिस कोठाको पनि अभाव छ । ३७ जना बिद्यार्थी र शिक्षकको लागि पर्याप्त कक्षाकोठाको अभाव हुँदा हाल बिद्यालयको पठनपाठन भुकम्पले क्षेती गरेको पुरानो भवनबाट भईरहेको प्रध्यानाध्यापक थिङले बताउनु भयो ।
यस्तै २०७२ सालको बिनाशकारी भुकम्पले सुनकोशी गाउँपालिका–४,कोटगाउँ रमितेमा रहेको सिद्ध माध्यमिक विद्यालयमा क्षेती पुग्योे ।
गाउँपालिका,प्लान इन्टरनेश्नल नेपाल र नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको समन्वयमा आठ कोठे नयाँ भूकम्प प्रतिरोधात्मक विद्यालय भवन बन्यो । चारैतिर भीरभएकोे ठाउँमा विद्यालय भवन बनेकोले बिद्यार्थी र शिक्षक खुसी छैनन् । विद्यालय वरिपरीको वातावरण सुरक्षित नभएको विद्यालय कोटगाउँ रमितेका शिक्षक सिताराम ढुंगेलले बताउनु भयो । भौगोलिक बनावटका कारण विद्यालय निर्माणमा जग्गाको छनोट गर्दा कसैले ध्यान नदिएको उहाँको भनाई छ । टिएलसीबाट पठनपाठन गर्दा त्यतिबेलाको समयमा बिद्यालय बनाउन हत्तारो थियो । शिक्षक ,अभिभाबक र विद्यालय निर्माण गर्ने संघसंस्थाहरुले पनि ध्यान दिएनन् । १ करोड ५६ लाख लागतमा विद्यालय भवन निर्माण भयो । तर अहिले वरिपरी घेराबेरा नगरे,चारैतिर भीर भएका कारण विद्यार्थीहरु दुर्घटनामा पर्ने देखिन्छ । शिक्षक सितारामले भन्नुभयो,“बैशाख महिनाको पहिलो हप्ता नयाँशैक्षिक सत्रको सुरुवातमा एकजना विद्यार्थी विद्यालय आउदै गर्दा भूईमा खसेको पुस्तक टिप्ने क्रममा भिरबाट लड्यो । बीचमा गएर नअड्कीएको भए उसको ज्यानै जाने थियो । यस्ता घट्नाले बिद्यालयका विद्यार्थी र शिक्षकलाई सधै त्रसित बनाई राखेको छ ।”
विद्यालयको घेराबेराको लागि आएको रकम समेत विद्यालय निर्माणमा नै खर्चेको उहाँले बताउनु भयो । सोही विद्यालयका कक्षा १० मा अध्यनरत बिद्यार्थी नबराज वाईवाले सानो कक्षामा पठनपाठन गर्ने विद्यार्थीहरुको लागि विद्यालय वरिपरीको वातावरण असुरक्षित भएको बताउनु भयो । बिद्यालय भवन सुरक्षित भए पनि चारैतीर भिर भएको ठाउँमा बनेका कारण जोखिम रहेको उहाँको भनाई छ ।
यि त केही विद्यालयका उदाहरणहरु मात्र हुन् । सिन्धुलीमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणको कामले अझै पनि तिव्रता लिन सकेको छैन । जसको प्रत्यक्ष असर कखरा सिक्दै गरेका बालबालिका देखी शिक्षक सम्मलाई परेको छ । निर्माण सम्पन्न् भइसकेका विद्यालयहरु पनि भौगोलीक विकटताका कारण मापदण्ड अनुसार बन्न नसक्दा समस्या भएको देखिएको छ ।
जिल्लाको ५ सय ७७ विद्यालय मध्ये विनाशकारी भुकम्पबाट ५ सय ३५ विद्यालय पुर्ण र आंशिक क्षेती भएको सरकारी तथ्यांक छ । अहिले पनि जिल्लामा भूकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माण हुने क्रममै रहेको छ । हाल सम्म २ सय २७ ओटा नयाँ विद्यालय भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) कार्यालयका इन्जिनियर अनिल कुमार यादवले जानकारी दिनुभयो । भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाहरुले निर्माण गरिरहेको इन्जिनियर यादवले बताउनुभयो ।
सरकारले भूकम्प गएको ५ बर्ष भित्र भुकम्पले भत्किएको संरचनाहरु पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि सम्भावना न्युन देखिएको छ । निजी आवास,स्वास्थ्य संस्था र विद्यालय भवननै सुस्त गतिमा निर्माण भएको छ । मन्दिर ,गुम्बा लगायताका पुननिर्माणको काम सुन्य नै रहेको छ ।
समुदायमा विद्यालय निर्माणका लागि जग्गाको छनोट गर्दा वा जग्गा उपलब्ध गराउँदा भिरालो जमिन,आफुलाई काम नलाग्ने ठाउँ,डाडाँखोला,खोल्सा तिर विद्यालय निर्माणको लागि जग्गा दान दिने चलन छ । त्यहि विद्यालयलाई दान गरेको जग्गा पनि पास गरेर बिद्यालयको नाममा लालपुर्जा नदिँदा विद्यालय निर्माणमा गर्न समस्या भएको देखिन्छ । पहिले ऐलानी जग्गामा निर्माण भएका विद्यालयहरु वा लालपुर्जा नलिएर बनेका विद्यालयको जग्गामा अहिले भूकम्प प्रतिरोधि बिद्यालय बन्दैन् । भूकम्प प्रतिरोधि विद्यालय निर्माणको लागि विद्यालयको नाममा अनिबार्य लालपुर्जा हुनै पर्ने प्राबधान छ । त्यस्तै समुदायले विद्यालय निर्माणको कामलाई अपनत्व नगर्नु, भौगोलिक बिकटताका कारण निर्माण सामाग्री ढुवानी गर्न समस्या हुनु,विद्यालय निर्माणलाई भागबन्डा लगाईनु,राजनीतिकरण हुनु,विद्यालय निर्माण पारदर्शि नहुनु ,विद्यालय निर्माणमा गुणस्तर सामाग्रीको प्रयोग नहुनु जस्ता समस्याहरु पनि देखा परेका छन् ।
यि र यस्ता समस्याहरु समाधान गर्न विद्यालय निर्माणको लागि सबै समुदाय एकजुट हुने,विद्यालय भवन निर्माणको लागि विद्यायको जग्गा छनोट गर्दा सरोकारवाला सबैले ध्यान दिनु आबश्यक छ । विद्यालयलाई राजनीतिक भागबन्डा लगाईनु हुदैन । बिद्यालय निर्माणमा प्राबिधिक र इन्जिनीयरको सल्लाह लिने,तथ्यपरक र पारदर्शी मापदण्डलाई कार्यन्वयन गर्ने,सरोकारवाला निकायहरु सरकारी तथा गैरसरकारी संघसंस्था विच समन्वय र सहकार्य गर्ने, विद्यालय पुनःनिर्माणमा समुदायले अपनत्व गरी सहज वातावरण मिलाउन सहयोग गर्ने,गुणस्तर सामाग्रीको प्रयोग गर्ने,विद्यालय निर्माणको क्रममा समस्या देखिए ति समस्याहरु माथि सरोकारवालाहरुसंग छलफल गरि समाधान गर्ने,सरकारी मापदण्डलाई ख्याल गर्ने,निर्माणका कार्यमा ढिलासुस्ती नगर्ने जस्ता कुराहरुलाई ख्याल गर्ने हो भने विद्यालयको पुनःनिर्माणको कामलाई प्रभावकारी बनाउन सकिन्छ ।