तिनपाटन गाउँपालिका सिन्धुलीले सरकारी कार्यालय क्षेत्र,अस्पताल वरिपरीका क्षेत्र तथा शैक्षिक संस्था क्षेत्रमा मदिराजन्य पदार्थ बिक्री वितरण निषेध गर्ने भएको छ । गाउँपालिको वडा नम्बर ११ ले मदिरा निषेध गर्ने अभियानको सुरुवात गरेको हो ।
गाउँपालिकाले एक सूचना जारी गदैँ गाउँपालिकाको वडा नम्बर ११ स्थित दक्षिणमा थमान रमौलीको घर,पस्र्वमा बाङ्गगेटार टोल,उत्तरमा काजी दाहालको घर,पश्चिममा गाउँपालिका भवन निर्माण स्थल भित्र गाउँपालिकाको कार्यालय,प्राथामिक स्वास्थय केन्द्र लगायत सरकारी कार्यालय तथा शैक्षिक संस्था क्षेत्रमा कुनै पनि मदिराजन्य पदार्थको सेवन तथा विक्री वितरण गर्न निषेध गरेको जनाईएको छ ।
७ दिन भित्र तोेकिएको स्थान भित्र मदिराजन्य पदार्थ बेचविखन गर्ने व्यापारी तथा सेवन गर्ने अन्य व्यक्तिहरुलाई समेत आफ्नो घर पसलमा रहेको मदिराजन्य पदार्थ हटाउन अनुरोध गरेको गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापा मगरले बताउनुभयो । उहाँले मदिरा सेवन गरी त्यस क्षेत्रमा हो–हल्ला, झै–झगडाका घटनाहरुमा वृद्धि भएपछि गाउँपालिका र वडा कार्यालयले मदिरा निषेध गर्न लागेको बताउनुभयो ।
स्थानीय ऐन अन्तर्गत मदिरा निषेध गर्ने निर्णय गरिएको उहाँको भनाई छ । शैक्षिक क्षेत्र,अस्पताल जस्तो संवेदनशील क्षेत्रमा मदिरा सेवा गरी हो–हल्ला भएपछि मदिरा निषेध गर्न लागिएको गाउँपालिका अध्यक्ष थापामगरले बताउनुभयो । उहाँका अनुसार तोकिएको समयमा घर,पसलमा रहेको मदिराजन्य पदार्थ नहटाए वा अन्यत्रबाट सेवन गरि तोकिएको क्षेत्रभित्र हुलहुज्जुत गरेको पाईएमा कानुनी कार्वाही गरिने छ ।
पहिलो पटकको लागी २ हजार ५ सय र द्रोस्रो पटकको लागी ५ हजार जरिवाना गरिने गाउँपालिकाले निर्णय गरेको छ । यसैविच अजिना मोटो जस्ता रसायनिक पदार्थको प्रयोगमा पनि रोक लगाईएको गाउँपालिकाले जनाएको छ ।