शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

दुधौलीमा एउटा सचिवको भागमा २ वटा वडा

मंगलवार , पौष १, २०७६

दुधौली नगरपालीका सिन्धुलीमा १४ वटा वडाहरु रहेका छन् । जसमध्य ३ वटा वडाहरु सचिव विहिन भएका कारण एउटै सचिवलाई २ वटा वडाको काम भ्यानु पर्ने बाध्यता रहेको छ ।

एउटै सचिवलाई २ वटै वडामा सचिव बनाईएपछी कामकाजमा थप बोझ थपिने गरेको छ । दुधौली नगरपालिकाका प्रवक्ता रितेश राउतले कर्मचारी समायोजन पछी वडाहरु सचिव विहिन बनेको बताउनुभयो । उहाँका अनुसार नगरको वडा नम्बर २ , ४ र ७ नम्बर वडा सचिव विहिन रहेका हुन् । वडाको २ लाई १ नम्बर वडासचिव हेरम्बरराज अधिकारी , ४ लाई ५ का वडासचिव चरित्र कुमरले र ७ लाई ८ का वडा सचिव दिपक मगरले कामकाजको जिम्मेवारी लिईरहेका छन् ।

दुधौली नगर प्रमुख घनश्याम राउतले लोकसेवा आयोगमा कर्मचारी माग गरिसकिएको बताउँदै छिट्टै वडासचिव पुरा हुने पनि बताउनुभयो । सेवाग्राहीहरुले वडा सचिव नहुँदा सेवाका लागि प्रतिक्षा गर्नुपर्ने वाध्यता छ भने वडा सचिवलाई दुईवटा वडा ओहोरदोहोर गर्नुपर्ने वाध्यता रहेको जनाईएको छ ।

 

प्रतिक्रिया