कमलामाई नगरपालिका ६ स्थित गौमति नमुना माध्यमिक बिद्यालय सिन्धुलीका विद्यार्थिहरुले आईतबार प्रहरीको काम,कर्तव्य,अधिकार र उनिहरुले प्रवाह गर्ने सेवाका सम्बन्धमा जानकारी लिएका छन् । कक्षा १२ मा अध्यनरत ३० जना विद्यार्थिहरुले “प्रहरीसँग एक दिन” कार्यक्रम अन्तर्गत प्रहरीले प्रदान गर्ने सेवाका सम्बन्धमा जानकारी लिएका हुन् ।

समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय सिन्धलीका प्रहरी प्रमुख उपरिक्षक चक्र बहादुर सिंहले विद्यार्थिहरुसँग भेटघाट तथा परिचय कार्यक्रम प्रस्चात नागरिक सहायता कक्ष,प्रहरी परिचालन कक्षको कामकारबाही,महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र,प्रहरी संचारको भुमिका,प्रहरी गस्ती तथा चेकिङको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले बिद्यालय र समुदाय केन्द्रित कार्यक्रमको जानकारी गराई लागू औषध तथा मादक पदार्थको नकारात्मक प्रभावका सम्बन्धमा समेत प्रशिक्षण दिनुभएको थियो ।