सिन्धुलीको तीनपाटन गाउँपालीका–४ बालाजोरमा बिद्युत महशुलको बिल समयमा नआउदा जरीवाना तिर्नु पर्ने गरेको स्थानियबासिले गुनासो गरेका छन् । तीनपाटन गाउँपालिका बालाजोर वडा नम्बर ४ का कुमार हायुले महिना महिनामा आउनु पर्ने बिल ३ देखि ४ महिनामा एक पटक आउने गरेको र डबल जरिवाना तिर्नु परेको गुनासो उहाँको छ ।
वडामा समस्या राख्दा सुनुवाई नभएको उहाले बताउनुभयो । भदौ महिनामा बिल आएको त्यस पछि भने अहिले सम्म बिल नआएको कुमार हायुले बताउनुभयो । उहाँले ४ नं वडाको बितिजोर गाउँका झण्डै १६० घरमा यो समस्या भएको बताउनु भयो ।
गाउँपालिकाका वडा अध्यक्ष खड्क भुजेलले भने बिद्युत प्राधिकरणलाई यो समस्या राख्दा बेवास्ता गर्ने गरेको बताउनु भयो । अहिले तीनपाटन गाउँपालिका भरि मिटर रिडिङ गर्ने एक जना मात्र कर्मचारी भएकोले समस्या आएको उहाँले बताउनुभयो । यो कुरा बिद्युत प्राधिकरणलाई समेत थाहा भएको तर कर्मचारी नखटाउदा समस्या भएको वडा अध्यक्षको भनाई छ ।