शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

राज्यको निती अनुसार नै सहकारी संस्था संचालन : सहकारी संघ अध्यक्ष श्रेष्ठ

आइतवार , मंसिर २९, २०७६

 

जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीका अध्यक्ष बाल कुमारी श्रेष्ठ (विमला) ले राज्यको निती अनुसार नै स्थानीय सहकारी संस्था संचालन गर्न सुझाव दिनुभएको छ । उहाँले राज्य निती तथा मर्म विपरित संचालन हुने सहकारीहरुलाई अफ्ट्यारो पर्ने सुल्झाउँदै यस्तो सुझाव दिनुभएको हो ।

राष्ट्रिय सहकारी बैंक सिन्धुलीले सिन्धुलीमाढीमा शनिवार आयोजना गरेको सदस्य भेला तथा अन्र्तक्रिया कार्यक्रममा उहाँले सहकारीहरुलाई स्थानीय सरकारले नीतिगत र प्राविधिक सहयोग गर्नु पर्ने समेत बताउनुभयो । उहाँले स्थानीय सरकारले विभिन्न झन्झटमा नअल्झाई सहकारीहरुको स्तरोन्नति र गुणात्मक विकासमा जोड दिनुपर्ने धारण राख्नुभयो ।

राष्ट्रिय सहकारी बैंक सिन्धुलीले शनिवार जिल्लाका सहकारी अभियन्ता तथा सदस्यहरुसँग अन्र्तक्रिया गरेको छ । सहकारी बैंकको आउँदो पुष ३ गते हुने वार्षिक साधारण सभाको पुर्वसन्धामा सदस्य भेला तथा अन्र्तक्रिया गरिएको आयोजक संस्था राष्ट्रिय सहकारी बैंक सिन्धुलीले जनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सहकारी बैंकका नायव प्रवन्धक सापकोटाले सहकारी बैँकले ४ बर्षे रणनिती लिएको बताउनुभयो । उहाँले कुनै पनि समस्यामा रहेका सहकारी संस्थाहरुले राष्ट्रिय सहकारी बैंकबाट परामर्श र सेवा लिन सक्ने बताउनुभयो ।

कार्यक्रममा सहकारी अभियन्ता कृष्ण प्रसाद गौतमले स्थानीय सरकारले सहकारी मैत्रि निती निर्माण गरेर कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सबै सहकारीहरुलाई एउटै नितीले नहुने बताउँदै सहकारीको अवस्था र प्रकृती अनुसार फरक फरक निती निर्माण गर्न सुझाव दिनुभयो । सहकारी संचालनमा आएका समस्या तथा जटिल्ताहरुलाई सरल बनाउँदै लैजानु पर्ने उहाँको धारण छ ।

सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले राज्यले सहकारी संस्थाहरुलाई अनावश्यक कर लगाएर दुःख दिएको गुनासो समेत गरेका थिए । कार्यक्रममा जिल्ला उपभोक्ता सहकारी संघका अध्यक्ष नवराज कोईराला,सहकारी संस्थाका अभियन्ताहरु,सहकारी संस्थाका सदस्यहरु,नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीका सभापती अशोक श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी भन्ने नारा सहित भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक सिन्धुलीका प्रवन्धक श्रवणनेवा खड्गीले राष्ट्रिय सहकारी बैँक,यसको विगत,वर्तमान र भविष्यका सम्बन्धमा जानकारी गराउनुभएको भयो । उहाँका अनुसार राष्ट्रिय सहकारी बैंक सिन्धुलीको आर्थिक बर्ष ०७५÷०७६ मा शेयर पुँजी ७० लाख ५२ हजार २ सय,शेयर सदस्य १ सय ३२,वैँकको निक्षेप १३ करोड,५८ लाख,७९ हजार ८ सय ९८ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै कर्जा लगानी १४ करोड ९२ लाख ५२ हजार १ सय ७९ रुपैँया ९० पैसा रहेको र वैंकको नाफा १६ लाख १६ हजार ८ सय ६ रुपैँया ४३ पैसा रहेको छ ।

प्रतिक्रिया