शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

उद्यम व्यवसायको लागि वातावरणीय पक्ष सम्बन्धि अभिमुखिकरण

शनिवार , मंसिर २८, २०७६

सिन्धुली एकिकृत विकास सेवा ( सिड्स नेपाल) सिन्धुलीले उद्यम व्यसायको लागी वातावरणीय पक्ष सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सिन्धुलीमाढीमा संचालन गरेको छ । संयूक्त राष्ट्र संघिय विकास कार्यक्रम (UNDP) र कमलामाई नगरपालिकाको साझेदारीमा कार्यक्रम संचालन गरिएको हो ।

महिला नमुना उद्यमशिल विकास परियोजना मार्फत दिगो विकासका लक्ष्यहरुलाई स्थानियकरण गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ । कमलामाई नगरपालिकामा रहेका विभिन्न टोल सुधार समिति,वेसार तथा मसला प्रशोधन उद्यमीहरु,गडैला पालन तथा मल उत्पादनका उद्यमीहरु लगायत विभिन्न उद्यम व्यवसायमा संलग्न ४८ महिला तथा पुरुष १५ गरि ६३ जनाको सहभागिता रहेको थियो ।

अभिमुखिकरण कार्यक्रम मार्फत सहस्रताब्धि लक्ष्यमा हरित दिगो विकास, विश्वव्यापी बहस, यसको अवधारणा र उद्यम विकासको वारेमा जानकारी गराईएको थियो । उद्यम विकासमा प्रमुख वातावरणीय चुनौतीहरु र यसका असरहरु र हरित उद्यम विकासको लागि कार्यरत संस्थाहरुको भुमिका,जनवकालत,सेवा तथा विकासको वारेमा जानकारी गराईएको परियोजनाका संयोजक संजिव अधिकारीले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा छोटे लाल चौधरी र प्रकास कार्कीले फोहोर व्यवस्थापन र यस वाट संचालन गर्न सकिने व्यवसायको वारेमा प्रशिक्षण दिनुभएको थियो । सिड्स नेपाल, सिन्धुलीका कोषाध्यक्ष गोपाल कुमार पौडेलको अध्यक्षता तथा कमलामाई नगरपालिका सिन्धुलीका वातावरण शाखा प्रमुख प्रकाश कार्कीको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया