प्रेस संगठन नेपालले प्रदेश ३ अन्तर्गत जिल्ला कमिटिको टुंगो लगाएको छ । तत्कालिन प्रेस सेन्टर नेपाल र प्रेस चौतारीको एकतापछि बनेको प्रेस संगठन नेपालले प्रदेश ३ अन्तर्गतका १० वटा जिल्लाको नेतृत्व चयन गरेको छ । नेतृत्व चयन गर्ने क्रममा केहि जिल्लाको पद खाली रहेको छ । संगठनले सिन्धुलीको संयोजकको टुंगो लगाएको छैन । यता, सहसंयोजकमा भने विनयकुमार दाहाल (वाईपि विनय) लाई नियुक्ति गरिएको छ । त्यसैगरि, रामेछापको संयोजकमा विफाकुमार घिरिङ (युनिक), सहसंयोजक विवेक श्रेष्ठ, सिन्धुपाल्चोकको संयोजकमा विदुर आचार्य, सहसंयोजक अशोक पराजुली, मकवानपुरकोसंयोजकमा प्रकाश दाहाल चयन भएका छन् भने सहसंयोजक टुंगो लाग्न बाँकी छ । त्यसैगरि, नुवाकोटको संयोजकमा भोला पौडेल, सहसंयोजकमा रामहरि गजुरेल, काभ्रेको संंयोजकमा भुवन रायमाझी, सहसंयोजकमा रामकृष्ण बञ्जारा, रसुवाको संयोजकमा बलराम घिमिरे, सहसंयोजक शैलेस लोप्चन चयन हुनुभएको छ । यता, दोलखाको संयोजकको पनि टुंगो लाग्न बाँकी छ । सहसंयोजकमा प्रभु जिरेल चयन हुनुभएको छ । चितवनको संयोजकमा प्रकाश ज्ञवाली, सहसंयोजक तीर्थ नेपाल र धादिङको संयोजक विश्वमणि सुवेदी र सहसंयोजक सुनिल खड्का चयन हुनुभएको छ ।