नेपाली सेना राष्ट्रिय सेवादल श्री बर्द हादुर गणको जिम्मेवारी क्षेत्रभित्र पर्ने सिन्धुलीको स्विस र जनजागृती माध्यमिक विद्यालयमा संचालित राष्ट्रिय सेवा दल(एनसीसी) को यस वर्षको तालिम शनिबार समापन भएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख अतिथ्यता एवं श्री बर्द बहादुर गणका गणपति प्रमुख सेनानी राजिव थापाको विशेष अतिथ्यतामा विद्यालय परिसरमा ७९ दिनसम्म तालिम गरेका विद्यार्थीको रिहर्सल तालिम सम्पन्न भएको हो ।
तालिमको अन्तिम दिन आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि प्रजिअ गौतम, विशेष अतिथिति थापालगायतले एनसीसीका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । अनुशासित र वफादारिता तथा आपातकालिन अवस्थामा स्वयम सेवीको भुमिका निर्वाह गर्न सक्ने उद्देश्यले सेनाले राष्ट्रिय सेवा दल (एनसिसि)को सि.सं. ४५ जुनियर डिभिजनको तालिम शुरु गरेको थियो । समापन कार्यक्रममा शिक्षक, शिक्षार्थी, अभिभावक लगायत सय बढिको उपस्थिति थियो । अन्तराष्ट्रिय स्तरमै संचालनमा रहेको राष्ट्रिय सेवा दलको तालिम नेपालमा भने वि.सं. २०२२ साल देखि आरम्भ भएको हो ।