शनिबार विपी राजमार्गमा एकजाको मृत्यु भएको छ । विपी राजमार्ग अन्तर्गत पर्ने काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरेमा आज बसबाट खसेर एकजनाको ज्यान गएको छ । बसको ढोकामा उभिएर चुरोट पिउने क्रममा ढोकाबाट खस्दा ४२ वर्षिया खड्गनारायण श्रेष्ठको ज्यान गएको हो ।
कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा श्रेष्ठ गम्भीर घाइते भएका थिए । गम्भिर घाइते भएका श्रेष्ठलाई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
झापा तोपगाछी–७ का श्रेष्ठ गाडीको ढोका छेउमा उभिएर चुरोट खाँदै गरेको अवस्थामा हात फुत्केर लडेको प्रहरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेकोे बताए ।