गत मंसिर ३ गते दुधौली नगरपालिका १३ मा निर्माण व्यवसायी छेत्र बहादुर बम्जनको स्काभेटरमा आगजनी लगायत अपराधिक क्रियाकलापको नेतृत्व गरिरहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीका जिल्ला सेक्रेटरी शेर बहादुर वाईवा ‘कपिल’ पक्राउ परेका छन् । उनलाई प्रहरीले शुक्रबार हेटौँडामा पक्राउ गरेको हो ।
हरिहरपुरगढीका ‘कपिल’ भनिने शेरबहादुर वाईवालाई ठेकेदार बम्जनको स्काभेटरमा आगजनि, मारुती सिमेन्ट काराखानाको स्काभेटरमा बम विष्फोट गराई स्टाभेटरमा क्षेती लगायत सिन्धुली जिल्लामा अशान्ती र भ्रम फैलाउने लगाएतका क्रियाकलापको नाईके भएको विशेष सुचनाका आधारमा प्रहरीले प्रक्राउ गरेको बताईएको छ ।
वाईवालाई हेटौडा प्रहरीले पक्राउ गरेको हो । उनलाई शनिवार साँझ सम्म जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा पठाउने र आवश्यक अनुसन्धान जिल्ला प्रहरी कार्यालय सिन्धुलीले थाल्ने जनाईएको छ ।