शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व विषयक अन्तरक्रिया

शुक्रवार , मंसिर २०, २०७६

राष्ट्रिय सतर्कता केन्द्रले सिन्धुलीमाढीमा सरकोरवाला निकायहरुसँग भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँका सचिव ऋषीराज शर्माले देशमा भ्रष्टाचार मैलाउँदै गएकाले यसको नियन्त्रणमा सबै निकायले जोड दिनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु,स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । केन्द्रले आर्थिक वर्ष २०७५/२०७६ देखि २०७६/२०७७ को आश्विन मसान्त सम्म ६ सय १७ उजुरी संकलन भएकोमा २ सय १ वटा फछ्र्याैट गरेको जनाईएको छ ।

केन्द्रले सार्वजनिक पदमा बसेका निजामती सेवाका कर्मचारीहरुको सम्पती विवरण पेश गर्ने, नेपाल सरकारले मनोनित गर्ने पदाधिकारीहरु, जनप्रतिनिधिहरु लगायतको सम्पती विवरण समयमै बुझाउन खवरदारी गरेको छ ।

कार्यक्रममा सबै कार्यालयहरुमा नागरिक वडापत्र राख्न निर्देशन दिईएको छ । नयाँ संरचना अनसार केहि कार्यालयहरु खारेज समेत भईसकेकाले स्थानीय सरकारले दिने सेवा सुविधा वडा कार्यालयहरुमा समेत देखिने गरी राख्न कार्यक्रममा निर्देशन दिईएको हो ।

खरिद, ठेक्कापट्टा, विकास निर्माणको काम, बस्तु तथा सेवा प्रवाह हुने क्षेत्र, राजश्व उठाउने निकाय र क्षेत्र, नीति निर्माण र प्रशासनिक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएको अन्तरक्रियाका केही सहभागिहरुले बताएका थिए । स्थानीय तह भ्रष्टाचारको अखडा बनेको आरोप समेत लगाईएको थियो ।

स्थानिय सरकार गठन हुनु पहिले पनि भ्रष्टाचार हुँदै आएको दावी गर्दै स्थानिय तहका प्रमुख एवम् प्रतिनिधिले भ्रष्टाचार बढेको भन्न नमिल्ने बताउनुभयो । उहाँहरुले भ्रष्टाचार भयो भनेर जानकारी गराउँदा समेत सम्वन्धित निकाय मौन रहेको तर्क समेत राख्नुभयो ।

नेपाल सरकार राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँको र जिल्ला प्रशासन कार्यालय सिन्धुलीको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा प्रदेश सांसद राजन दाहालले भ्रष्टाचारको अन्त्य गर्न नसकीने बताउनुभयो । उहाँले भ्रष्टाचार अन्त्य गर्न नभई न्युनिकरण गर्न सकीने र यसमा सबैको सहभागिता हुन जरुरी रहेको धाराण राख्नुभयो ।

यस्तै राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँका सचिव ऋषीराज शर्माले भ्रष्टाचार न्युनिकरण गर्न आफु आफैँमा सच्चीनु पर्नेमा जोड दिनुभयो । उहाँले जिल्लामा भएका वेतिथि तथा समस्या केन्द्र सरकार समक्ष लैजाने स्पष्ट पार्नुभयो । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा हुने गरेका भ्रष्टाचारका गतीविधिलाई न्युनिकरण गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया