शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

घ्याङ्गलेखमा आगलागी,दश लाख बराबरको क्षेती

बिहिवार , मंसिर १९, २०७६

सिन्धुलीमा एक घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । घ्याङ्गलेख गाउँपालिका वडा नम्बर–१,सिम्ले स्थित ज्ञान बहादुर स्याङ्गतानको घरमा आगोलागी भएको हो ।

जस्ताको छानो भएको दुई तले काठको कच्चि घरमा खाना पकाउने क्रममा अचानक आगलागी हुँदा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

मानविय तथा पशुचौपायको क्षेती नभए पनि घर,लत्ताकपडा,सुनचाँदी,अन्नपात र अन्य सरसामान गरी दश लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।

बुधबार विहान १० बजेको समयमा लागेको आगो झन्डै ३० मिनेट पछि स्थानीय र प्रहरीको सहयोगमा पुर्ण रुपमा नियन्त्रण आएको थियो ।

प्रतिक्रिया