शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

लोग्ने मान्छेहरु भनेका त अपांग हुन् : कोईराला

बिहिवार , मंसिर १९, २०७६

 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रिय सदस्य तथा सिन्धुली जिल्लाको सहइन्चार्ज उमा कोईरालाले लोग्ने मान्छेहरु अपांग भएको बताउनु भएको छ ।

कमलामाई नगरपालिका–१,मझिनी दमारमा बुधबार आयोजित लैगिंक हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।

पुरुषले महिलाको सम्मान गर्न नजान्ने,घरभान्छाको काम सधै महिलाले मात्र गर्नुपर्ने बताउँदैँ महिला नेतृ कोईरालाले भन्नुभयो,“लोग्ने मान्छेहरु भनेका त अपांग हुन्, अपांगलाई जति घोचे पनि केही हुँदैन् ।”

लैगिंक हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महिला नेतृ कोईरालाले अपांगता भएकाहरुमा हिंसा गरेको स्थानीयहरुको बुझाई छ । हिंसा विरुद्धको कार्यक्रममा महिला नेतृ कोईरालाले लैगिंक हिंसा गरेको समेत आरोप छ । महिला नेतृ कोईरालाले अपांगता भएकाहरुलाई हेर्ने दृष्टिकोण र आफ्नो धाराणमा समेत परिर्वतन गर्नुपर्नेे स्वंम कार्यक्रमका सहभागिहरु बताउनुहुन्छ ।

कोही मानिसलाई प्रकृतीले नै भिन्न अनि फरक क्षमता दिएको हुन्छ, जसलाई हाम्रो सामाजिक सोचले अपांगको संज्ञा दिएको छ । अपांगता भन्ने बित्तिकै हाम्रो समाजले दोश्रो नागरिक वा घृणाको नजरले हेर्ने गर्छ । अपांगलाई समाजमा हेर्ने दृष्टिकोमा समेत फरक भएको पाईन्छ ।

सिन्धुलीमा मानव अधिकारकर्मी,अभियन्ताहरु,राजनितीक दलका नेताहरुले समेत अपांगता भएकाहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन गर्न नसकेको एक महिला अधिकारकर्मीले बताउनुभयो ।

महिला नेतृ कोईरालाले आफ्नो भनाईको स्पष्टीकरण दिदँै शान्ती र समृद्ध समाज निर्माणका लागी महिलालाई सम्मान गर्नुपर्ने तर्क गर्नुभयो । जहाँ महिलाको सम्मान हुन्छ,त्यहाँ लक्ष्मीको वास हुन्छ,जहाँ महिलाको अपमान हुन्छ,त्यहाँ अशान्ती हुन्छ । महिलाको सम्मान नगर्ने सबै पुरुषहरु अपांग हुन् । उहाँले भन्नुभयो ।

अपांग भएको व्यक्ति पनि देशको साहित्यकार, कलाकार तथा डाक्टर भएका छन् । १६ वर्षमा दृष्टि गुमाएकी सृष्टि केसी चम्किलो तारा बनेको एउटा गतिलो उदाहरण हामी सामु छर्लङ्ग छ । यस्ता कैंयौ उदाहरणहरु छन्,जसमा अपांगता भइकन पनि सपांग भन्दा कम छैनन् । अपांग बन्ने कोही कसैको रहर हुँदैन । यो त प्रकृतीको देन र परिस्थितीको उपज हो । के अपांगता भएका व्यक्ति समाजको लागि बोझ नै हुन् त ? महिलाको सम्मान नगर्ने,महिला तथा बालिका बलात्कार गर्ने पुरुषहरुलाई अपांगको संज्ञा दिन मिल्छ ?

यि जिज्ञासा महिला नेतृ कोईराला सामु राख्दा आफुभन्दा जुनियर,साना बच्चाहरुको कुरा नसुन्ने प्रतिक्रिया जनाउनुभयो । उहाँले आफु भन्दा सिनियरहरुबाट जे सिकेको छ,सोही अभिव्यक्ति राख्ने समेत बताउनुभयो ।

प्रतिक्रिया