शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सुनकोशी नदीमा फेला परेको वेवारिसे शवको पहिचान खुल्यो

बिहिवार , मंसिर १९, २०७६

सिन्धुलीमा मंगलबार फेला परेको वेवारिसे शवको पहिचान खुलेको छ । गोलन्जोर गाउँपालिका–३ मुर्गिवेशी स्थित सुनकोशी नदीको किनारमा फेला परेको वेवारिसे शवको पहिचान बुधबार खुलेको हो ।

शव भोजपुर स्याउरे घर भई हाल सुनसरीको ईटहरी उपमाहानगरपालिका १७ ललितपुर बस्ने शिब भन्ने नवराज कार्कीको भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकको बुबा गोविन्द कार्कीले शव जिल्ला अस्पताल सिन्धुलीमा बुझ्नु भएको छ । मृत्यु हुनुको कारण खुलेको छैन् ।

मृतकको शरिरमा कुनै प्रकारको चोटपटक नदेखिएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । शिब भन्ने नवराज कार्कीको आत्माहत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

अस्पतालबाट पोष्टमार्टम रिर्पोट आएपछि मात्रै घटना बारे जानकारी हुने प्रहरीले जनाएको छ ।

अन्दाजी ३०/३५ बर्षको वेवारिसे शवको नाम, वतन खुल्न सकेको थिएन । वेवारिसे शव मंगलबार सुनकोशी नदीको किनारमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया