नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बर्त बहादुर राई (शशी) लाई सिन्धुली अदालतले कारागार पठाएको छ ।
शशीलाई गत असोज २३ गते विहिवार हरिहरपुरगढी–२ बफर स्थित आफ्नै घरबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेको करिव ५६ दिन पछि उहाँलाई जिल्ला अदालत सिन्धुलीले मंगलबार कारागार चलान गरेको हो ।
नेकपाका जिल्ला इन्चार्ज(शशी) लाई अदालतले र्पुपक्षका लागी कारागार चलान गरेको बताईएको छ । उहाँलाई चन्दा ऐन अन्र्तगत संगठित अपराधमा मुद्धा चलाईएको थियो ।