कमलमाई नगरपालिका सिन्धुलीको ९ नम्बर वडा कार्यलय भिमानमा शुक्रबार बिद्यालय उमेरका बालबालिका पुर्ण भर्ना सुनश्चितता का लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । मानव तथा राष्ट्रिय बिकास समाज ( हेन्डस) नेपाल सिन्धुलीको आयोजनामा तथा प्लान इन्टरनेसनल नेपालको साभलेदारीमा कार्यक्रम सञ्चालन भएको हो ।
अन्तरक्रिया कार्यक्रम ५ बर्ष देखि १२ बर्ष उमेर समुहका बालबालिका बिद्यालय भर्ना भए नभएको समिक्षा गर्ने उदेश्यले सञ्चालन गरिएको हेन्ड्स नेपाल सिन्धुलीका कार्यक्रम संयोजक प्रमोद तिमल्सीना बताउनु भयो ।
नेपाल सरकारले लागु गरेको अनिर्वाय तथा आधारभुत निशुक्क शिक्षा प्राप्त नगरेको बालबालिका वडामा छन् कि छैनन् ,त्यस्ता बालबालिका खोजि कसरी गर्ने र सबै बालबालिकालाई बिद्यालयको पहुँच भित्र कसरी ल्याउने भन्ने बिषयमा छलफल गरिएको भएको थियो ।
छलफलमा कमलामाई नगरपालिका ९ नम्बर वडाले त्यस्ता बालबालिका वडामा छन् कि छैनन् , पहिचान गर्नको लागि वडाको सक्रियतामा कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ । पुस मसान्त सम्म त्यस्ता बालबालिकाको पहिचान गरेर सूचना संकलन गरी तथ्यांक लिएर त्यसैको आधारमा वडामा पुर्ण भर्ना अभियान गर्ने बताएको छ । कार्यक्रममा वडाका सम्पुर्ण प्रध्यानाध्यापक ,बिद्यालय ब्यबस्थापनका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी अभिभाबक लगायतको सहभागिता रहेको थियो ।