शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

साइकलयात्रीलाई सुनकोशी गाउँपालिकाको स्वागत

शनिवार , मंसिर ७, २०७६

सिन्धुलीको सुनकोसी गाउँपालिकाले राइड थु्र सिन्धुलीगढी साइकल यात्रामा रहेका साइकलयात्रीलाई स्वागत गरेको छ । काठमाडौंको पशुपतिनाथ क्षेत्रबाट सुरु भएको यस वर्षको साइकल यात्रामा सहभागी २१० जना साइकलयात्रीलाई गाउँपालिकाले फुलमाला अविर लगाएर स्वागत गरेको हो ।

हरेक वर्षको नोभेम्बरमा आयोजना हुँदै आएको साइकल यात्राको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरबाट गर्नुभयो । मन्त्री भट्टराईले विश्व साइकल यात्री पुष्कर शाहलाई नेपालको झण्डा हस्तान्तरण गरेर साइकल यात्राको उद्घाटन गर्नुभएको हो ।

सिन्धुलीगढी हुँदै जनकपुर पुगेर समापन हुने साइकल यात्रामा पुरुष १ सय ५३ जना र महिला १८ जना रहेका आयोजक संस्था समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिनुभयो । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रवर्द्धन गर्न चार वर्षदेखि राइड थु्र सिन्धुलीगढी आयोजना गर्दै आएको छ ।

काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएको साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, सेना, प्रहरी, विद्यालयले साइकलयात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविर लगायतको व्यवस्था गरेर स्वागत गर्ने तयारी गरेका जनाईएको छ ।

सुनकोसी गाउँपालिकाले शुक्रबार साइकलयात्रीको स्वागतमा सुनकोसीमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको थियो । साइकलयात्रीलाई शनिबार बिहानको खाना, बेलुकाको खाना र बिहानको खाजा सुनकोसी गाउँपालिले खुवाउने सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले बताउनुभयो । साइकलयात्री शुक्रबार सुनकोशीको मुलकोटमा बास बस्नुभएको थियो ।

प्रतिक्रिया