शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

खैजेडी भजन संरक्षणमा जुटेका चपौलीका दाजुभाई सम्मानीत्

शुक्रवार , मंसिर ६, २०७६

लोपउन्मुख खैजेडी भजन संरक्षणमा जुटेका चपौलीका दाजुभाई विहिवार सिन्धुलीमाढीमा सम्मानीत हुनुभएको छ । कमलामाई नगरपालिका–३,चपौलीका खैजेडी भजन संरक्षक धन बहादुर दर्नाल,गोमविर वि.क र पोष्टराज गौतम सम्मानीत हुनुभएको हो ।

उहाँहरु सत्यनाराय पुजा,सप्ताहा,भागवत लगाएत धार्मिक कार्यमा गाईने लोपउन्मुख खैजेडी भजन,खैजेडी नृत्य र खैजेडी बाजाको संरक्षणमा जुटेकाले सम्मान गरिएको सिन्धुली कलाघरका अध्यक्ष सुमन थापा मगरले जानकारी दिनुभयो ।

भजन संरक्षणका लागी चपौलीका १३ जना दाजुभाईहरु जुट्नु भएको छ । उहाँहरुले धार्मिक,सांस्कृतीक र नेपाली पहिचानसँग जोडिएको भजन संरक्षण र प्रर्वधन गर्न युवा पुस्तालाई खैजेडी भजन बारे प्रशिक्षण समेत दिन थाल्नु भएको छ ।

उहाँहरुले सिन्धुलीका ६ जना कालाकार महिलाहरुलाई खैजेडी भजनमा दक्ष बनाई सक्नुभएको सिन्धुली कलाघरका अध्यक्ष थापा मगरले बताउनुभयो । मंसिर ७ गते सिन्धुलीमाढीमा हुने सांस्कृतिक उत्सबमा पहिलो पटक कलाकार महिलाहरुले खैजेडी भजन प्रर्दशन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया