शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

४ स्काभेटर र जेसीबीमा प्रेसर कुकर बम,२ स्काभेटर र जेसीबी पुर्ण क्षेती

बिहिवार , मंसिर ५, २०७६

सिन्धुलीको दुधौली नगरपालिका १३ मा निर्माण व्यवसायी छेत्र बम्जनको स्काभेटरमा आगजनी भएको एक दिन नबित्दै सोही क्षेत्रमा पुनः निर्माण समाग्री माथि आक्रमण भएको छ । जिल्लाको दुधौली नगरपालिका–१४,ककुरठाकुरमा गएरातीे अज्ञात समुहले आज चार स्काभेटर र जेसीबी (ब्याकलोडर)मा प्रेसरकुकर बम राखेको र एउटा स्काभेटर र एउटा जेसीबी पुर्ण रुपमा क्षेती भएको सिन्धुली प्रहरी जनाएको हो ।

मारुती सिमेन्ट उद्योगका लागि ककुरठाकुर स्थित चुनढुङ्गा उत्खननमा प्रयोग गर्दै आएको ६ वटा स्काभेटर र जेसीबीलाई लक्षित गर्दै अज्ञात समुहले बम आक्रमण गरेको हो । बम आक्रमणबाट एउटा स्काभेटर र एउटा जेसीबीमा पूर्णरुपमा क्षति पुगेको र अरु एउटा स्काभेटर र एउटा जेसीबीको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

राती एकै ठाउँमा पार्किङ गरेर राखिएको अवस्थामा ककुरठाकुर स्थित सिन्धुली र उदयपुर जिल्लाको सिमाना नजिकै रहेको झाँक्रीटारमा अज्ञात समुहले तीनवटा प्रेसर कुकर राखेका थिए । एउटा विस्फोट भएर क्षति पुगेको छ भने अन्य दुई प्रेसरकुकर बम स्काभेटर र जेसीबीमा नै छ,थप पुर्ण विवरण आईसकेको छैन । उहाँले भन्नुभयो ।

स्काभेटर र जेसीबीमा राखिएका बम निस्कृय बनाउन नेपाली सेनाको टोली समेत घटनास्थलमा पुगिसकेको बताईएको छ । निर्माण व्यवसायी बम्जनसँग विप्लव कार्यकर्ता बताउनेहरुले एक करोड ५० लाख रुपैयाँ चन्दा माग गरिरहेका बेला स्काभेटर जलाएको घटनामा विप्लव कार्यकर्ताहरुकै संलग्नता भएको आशंका गरिएको थियो । पुनः स्काभेटर र जेसीबी माथि भएको बम आक्रमणमा समेत विप्लव कार्यकर्ताकै सहभागिता हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया