छेत्र बहादुर बम्जनको स्काभेटरमा आगलागी भएको घटना प्रति नेपाल तरुणदल सिन्धुलीले घोरभर्सना गरेको छ । तरुण दल सिन्धुलीले बुधबार एक विज्ञप्ती जारी गर्दै घटनाको घोरभत्र्सना गरेको हो ।
नेपाल तरुण दलका अध्यक्ष विजय कुंवर र सचिब बिष्णु कार्की (बिग्रह)द्धारा हस्ताक्षरित प्रेश विज्ञप्ती मार्फत निन्दनीय घटनामा संलग्न जो कोही भएपनि कानुन बमोजिम यथासिघ्र कार्वाही गर्न माग गरिएको छ । यस्तो आतंकवादी घटनामा संलग्नलाई कार्वाही नभए नेपाल तरुण दल सशक्त प्रतिरोधमा उत्रित्ने चेतावनी दिएको छ ।
त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार सरकार हुने तरुण दल सिन्धुलीको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ । घटनामा संलग्नलाई कारबाही नभए त्यसको शसक्त प्रतिरोध गर्नका लागी तयार रहन उसले युवाहरुलाई समेत आग्रह गरेको छ ।
मंगलबार राती सिन्धुलीको दुधैली नगरपालीका–१३,डुडभञ्ज्याङ्गमा बम्जनको स्काभेटरमा आगलागी भएको थियो ।
