सिन्धुलीको दुधौली नगरपालिका–१३ डुडभञ्ज्याङमा गएराती सडक निर्माणका लागी प्रयोग भईरहेको स्काभेटरमा आगलागी भएको छ । कार्य स्थलमा नै राखिएको १ करोडको स्काभेटर (मेसिन) जलेको अवस्थामा फेला परेको हो ।
३ दिन अघि विप्लव कार्यकर्ता बताउने हरिहरपुरगढीका कपिल वाइवाले फोन गरी १ करोड ५० लाख रुपैँया माग गरेको र अन्यथा कारवाही गर्ने धम्की दिएकाले स्काभेटर विप्लव समुहले जलाएको हुन सक्ने आशंका गरिएको स्काभेटर (मेसिन) धनि छेत्र बहादुर बम्जनले बताउनुभयो ।
विज्ञापन 
‘विप्लव नेता तथा कार्यकर्ताले धेरै दुःख दिईरहेका छन् । तीन दिन देखि विप्लव कार्यकर्ता बताउने वाइवा लगाएत विप्लव समुहका कार्यकर्ताको फोन आईरहेको थियो ।’, उहाँले भन्नुभयो, ‘डेढ करोड नगद नदिए मार्ने समेत धम्कि आउँछ ।”
उहाँले विप्लव कार्यकर्ताले मागेअनुसा पैसा नदिने बरु मर्न तयार रहेको कुरा बताएको २ दिन भित्रै यस्तोे घटना भएको बताउनुभयो ।