शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा पुरुष दिवस

बुधवार , मंसिर ४, २०७६

हरेक वर्ष नोभेम्बर १९ तारिखमा मनाइने अन्तर्रा्ष्ट्रिय पुरुष दिवस सिन्धुलीमा मंगलबार मनाईएको छ । महिला हिँसा बिरुद्ध मेरो ऐक्यबद्धता नारा उद्घोष गर्दै दिवस मनाईएको हो ।

दिवसका अवसरमा जिल्ला युवा सञ्जाल सिन्धुलीले हिंसा न्यूनीकरणका लागि मेरो एक्यवद्धता छ, म पुरुष हु मलाइ कुनै प्रकारका हिंसा स्विकार्य छैन लगाएतको प्लेकार्ड सहितको  र्‍याली आयोजना गरिएको थियो । लोकतान्त्रिक चौताराबाट  र्‍याली निकालीे बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधान गर्नुहुदैँ जिल्ला युवा सञ्जालका अध्यक्ष रामकाजी घलानले पुरुष दिवसले महिला हिँसा बिरुद्ध ऐक्यबद्धता जनाएको बताउनु भयो । उहाँले लैङ्गिक हिंसा बिरुद्दको बर्षलाइ नारा बनाएर युबा संजालले पुरुष दिवस मनाएको बताउनुभयो ।

पुरुष दिवस विशेषगरी पुरुषलाई असल र आदर्शपुरुष बन्न उत्प्रेरणा दिन र पुरुषले भोग्ने समस्याबारे उजागर गर्ने उद्देश्य मनाईएको जनाईएको छ । सिन्धुलीमा गत बर्ष देखि पुरुष दिवस मनाईन थालिएको हो । कार्यक्रममा विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधि, बिद्यार्थी, सरोकार निकायका प्रतिनिधीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया