शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

लोपोन्मुख खैजेडी भजन तालिम

मंगलवार , मंसिर ३, २०७६

लोपोन्मुख खैजेडी भजन तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । चार दिन सम्म संचालन हुने तालिमको कला संस्कृती बिकास तथा प्रबर्धनमा सकृय संस्था सिन्धुली कला घर सिन्धुलीले आयोजना गरेको हो ।

भजन तालिमको उद्घाटन प्रदेश साम्सद बिनोद कुमार खड्काले खैजेडी बजाएर नाच्दै सुभारम्भ गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँल कला संस्कृती नै हाम्रो देशको सम्पती भएको बताउनुभयो । उहाँले देशको कला र संस्कृती संरक्षणमा काम भन्दा कुरा बढि भएको धाराण राख्नुभयो । कला संस्कृती जगेर्नामा राज्यले निति बनाएर अगाडी बढ्नु पर्ने उहाँको भनाई छ ।

कमलामाई नगरपालिका–४ को सहयोगमा संचालित खैजेडी भजन तालिमको सहजिकरण कमलामाई नगरपालिका–३ का धन बहादुर बिक, लक्ष्मण बिक र पोस्टराज गौतमले गर्नुभएको छ । तालिममा कलाघरका १५ जना र अन्य स्थानिय गरी दुइ दर्जन भन्दा बढि प्रशिक्षणहरुको सहभागीता रहेको जनाईएको छ ।

प्रतिक्रिया