शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

गरे के हुन्न् र ?

सोमवार , मंसिर २, २०७६

कमलामाई नगरपालिका सिन्धुलीका दुई विद्यालयमा दृष्टि विहीन शिक्षकले पढाउन थाल्नु भएको छ । सर्लाही जिल्लाको इश्वरपुर नगरपालिका स्थित श्रीनगर टोलका इन्द्र कुमारी राई र लक्ष्मेश्वरी महत्तोले शिक्षक सेवा आयोगको परिक्षा उर्तिण गरी विद्यार्थिलाई शिक्षण गराउन थाल्नु भएको हो ।

दुवै आँखा गुमाएका राइ र महत्तोले शिक्षा विकास तथा समन्वय इकाईबाट स्थायी नियुक्ती पाए पछि कमलामाई नगरपालिकाले पदस्थान गरेको हो । कमलामाईका २८ विद्यालयहरुमा रित्त दरबन्दी रहेको थियो । ३२ जना शिक्षकहरु पदस्थापन भएका छन् । जसमध्य दुवै आँखा गुमाएका महत्तोले रिक्त दरबन्दी रहेको कमलामाई नगरपालिका–१४ स्थित जनता माध्यमिक विद्यालय चन्दनपुर रोज्नु भयो । राईले कमलामाई नगरपालिका–८ स्थित सहिद प्राथामिक विद्यालय पन्नसी रोज्नुभयो ।

सानै उमेरमा दुवै आँखा गुमाउनु भएका २८ बर्षिय राइ र २८ बर्षिय महत्तो श्रीमान/श्रीमती हुनुहन्छ । दुवै जना काठमाडौँमा मास्टर पढ्दै गरेको राईले बताउनुभयो । रातमा श्रिमान दोहोरी साझँमा गित गाउनु हुन्थ्यो,दिउँसो शिक्षक आयोगको तयारी गर्नुहुन्थ्यो । २ बर्ष देखि म सानी छोरीको पालन पोषण सँगै शिक्षक आयोगको तयारी पनि गरिरहेको थिए । दुवै आँखा नदेख्ने हामीले “ख” वर्गको अपाङ्गगता परिचय पत्र पाएका छौँ । उहाँले भन्नुभयो,“शिक्षक सेवा आयोगबाट प्राथामिक तहमा नेपाल सरकारको समावेशी निती,निरन्तरको मिहेनत र संर्घषले हामी दुबै जना सरकारी जागिरे भयौँ ।”

उहाँहरु दुवै जना शिक्षक सेवा आयोगको परिक्षामा उर्तिण हुनुभए पछि अहिले निकै खुसी हुनुहुन्छ । दृष्टि विहीनहरु समाजका बोझ मात्रै हुन् भनेर खिस्सा गर्नेहरुका लागी उहाँहरुले दरिलो झापड दिनुभएको छ । अवसर पाएमा दृष्टि विहीनहरुले जे पनि गर्न सक्नछन् भन्ने गतिलो उदाहरण बनेर कमलामाइका विद्यालयमा शिक्षाको उज्यालो ज्योती छर्न सुरु गर्नुभएको छ ।

यो सफल्ता हाँसिल गर्न परिवारको साथ विना सम्भव थिएन । परिवारले दिएको मिठो साथ प्रेरणा र केही गर्न सक्छौँ भन्ने आत्माबलले सफल्ता दिलाएको उहाँहरुको भनाई छ ।

राई र महत्तो दृष्टि विहीनहरुलाई पढाउने संस्थामा आवद्ध भएर पढेका हुन् । घरायसी कामहरु खाना बनाउने देखि सरसफाई सम्म सबै उहाँहरु आफैँ गर्नु हुन्छ । मोवाईल,कम्पियुटर लगाएत प्रविधिको प्रयोग गर्न दुवै जना सिपालु हुनुहुन्छ । अपाङ्गग मैत्रि र प्रविधि युक्त विद्यालय भएमा विद्यार्थिहरुलाई पढाउन सहज हुने उहाँहरु बताउनु हुन्छ । परिवार र समाजबाट हौसला,माया र प्रेरणा पाए अपाङ्गगता भएकाहरुले पनि सपाङ्ग सरह अगाडी बढ्न सक्ने राईले बताउनुभयो । तर समाजमा शिक्षित भनिनेहरुबाटै अपमान हुने गरेको उहाँले दुखेसो गर्नुभयो ।

अपाङ्गगता भएकै कारण समाजमा तिरस्कार र घृणा सहन परेको विगत सम्झिदै इन्द्र कुमारी राइले भन्नुभयो,३ बर्षको उमेर देखि नै म आँखा नदेख्ने भएपछि परिवार भन्दा नी समाजबाट बहिष्कार भए म । मेरो आमालाई मारेर फालिदे,आँखा नदेख्ने छोरी पालेर के गर्छेस् ? अव यसले बाँचेर के गर्न सक्छेर,यसलाई कस्ले विहे गर्छ र ? अनेकौँ प्रश्न गरेर हैरान पाथ्र्य । आमालाई मेरो अवस्था देखेर भन्दा पनि समाजले म प्रति गरेको तिरस्कार देखेर आफ्नो कोखलाई सरापेर रुनु हुन्थ्यो ।”

पछिल्लो समय दृष्टि विहीन राईलाई समाजले हेर्ने दृष्टिकोणमा परिर्वतन आएको छ । अहिले त्यही समाज उहाँको नाम लिएर गौरव गर्छ । जिवनमा जति सुकै बाधा व्यवधान आइपरे पनि हरेस नखाई निरन्तर परिश्रम गर्यो भने सफल होईने राईले बताउनुभयो । अपाङ्गगता भएकाहरुले कमजोर मानसिकता त्यागेर सिर्जनशिल्तामा लाग्नु पर्ने उहाँको भनाइ्छ । गरे के हुन्न् र ? हरेक सपना पुरा गर्न सकिन्छ । तर मानसिकतालाई दरिलो बनाएर जे पनि गर्न सक्छु भन्ने संकल्प गर्नुपर्छ , उहाँले भन्नुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया