शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

शिक्षकहरुको पदस्थापन

आइतवार , मंसिर १, २०७६

शिक्षक सेवा आयोगको परिक्षा उर्तिण गरि शिक्षा विकास तथा समन्वय इकाईबाट स्थायी नियुक्ती पाएका शिक्षकहरुको पदस्थापन भएको छ । कमलामाई नगरपालिका सिन्धुलीले शनिवार प्राथामिक तहका शिक्षकहरुको पदस्थापन गराएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयमा पदस्थापन गर्न स्थायी नियुक्ति प्राप्त गरेका विषयगत शिक्षकहरुको नामावली र विद्यालयगत रिक्त दरबन्दीको विवरण नगरपालिकालाई पठाएको थियो । सोही आधारमा कमलामाई नगरपालिकाले विद्यालय रोज्न लगाई निष्पक्ष,तटस्त र विवादरहीत रुपमा पदस्थापन गरेको नगर शिक्षा शाखाले जनाएको छ ।

नगरमा रिक्त दरबन्दी रहेका २८ विद्यालयहरुमा ३२ जना शिक्षकहरुको पदस्थापन भएको नगर शिक्षा अधिकारी शंकरराज लुईटेलले जानकारी दिनुभयो । उहाँका अनुसार पदस्थापन हुने अधिकांस महिला शिक्षकहरु हुन हुन्छ। जसमध्य २ जना दृष्टि विहिन शिक्षकहरु समेत पदस्थापन हुनु भएकोछ । दृष्टि विहिन इन्द्र कुमारी राई सहिद प्राथामिक विद्यालय पन्नेसी र लक्ष्मीमेश्वर महत्तो जनता माध्यमिक विद्यालय चन्दनपुरमा पदस्थापन हुनु भएको छ ।

शिक्षकहरुको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कमलामाई नगर प्रमुख खड्ग बहादुर खत्रिले शिक्षक सेवा आयोगको परिक्षा उर्तिण गरि शिक्षक स्थायी नियुक्ती भएकोमा शिक्षकहरुलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले विद्यालयको शिक्षामा गुणस्तर ल्याउन आग्रह गर्नुभयो । नगरको विकास र समृद्धि गुणस्तर शिक्षाले मात्रा सम्भव हुने उहाँको तर्क थियो ।

शिक्षकहरुको पदस्थापन कार्यक्रममा सम्बन्धित निकायका सरोकारवालाहरु उपस्थिती रहेको थियो ।

प्रतिक्रिया