भारतले नेपाली भुमी कब्जा गरी नयाँ नक्सा सार्वजनिक गरेकोमा नेपालको ठुलो आपत्ति छ । नेपाली भूमि लिपुलेक र कालापानी दुवैलाई भारतले सार्वजनिक गरेको नयाँ नक्सामा राखेपछि नेपालभर विरोध भैरहेका बेला सिन्धुलीमा पनि विरोध प्रदर्शन गरिएको हो ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा शनिवार सिमा अतिक्रमण विरुद्ध सडकमा श्रष्टाहरुको साहित्यक वाचन मार्फत विरोध जनाईएको छ । उमानाथ शास्त्री सिन्धुलीय साहित्यिक प्रतिष्ठान सिन्धुलीका अध्यक्ष प्रज्वल सिन्धुलीय भाइदाजुले श्रष्टा र श्रृजनाको माध्यमबाट भारतिय सिमा अतिक्रमण विरुद्ध विरोध जनाएको बताउनुभयो ।
कार्यक्रममा श्रष्टाहरु शारदा पहाडी, केशब फूयाल (साहिला बाजे ), कल्याण पहाडी, केदार प्रसाद देबकोटा, अग्रिम अधिकारी सार्थक, पुरुषोत्तम बराल, धनमायाँ राइ, भानु गुरुङ, खडानन्द तिमल्सीना, रचना तिमल्सीना, दुर्गादेवी ढकाल लगायतले अहिलेको जल्दोवल्दोे सिमा अतिक्रमण विरुद्ध सडकमा रहेर आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो । उहाँहरुको रचनाले नेपाली सबैलाई एक भएर अघि बढ्न अनुरोध गर्नु भएको थियोे । साथै छिमेकी राष्ट्रलाई समेत खबरदारी गर्नु भयो ।
सिमा अतिक्रमण विरुद्ध कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्वल प्रसाद बरालले नेपाली भूमिको सुरक्षाका निम्ती सरकार,राजनितीक दल र जनता सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले नेपाल रहे मात्र नेपाली रहन्छौँ भन्दै राजनितीक कुभावना नराखी देशको भूमि फिर्ता गराउन जोड दिनुपर्ने धाराण राख्नुभयो । अहिलेको अवस्थामा सरकारले कुटनितिक तबरबाट सिमा समस्याको हल खोज्नु पर्ने उहाँको भनाई छ ।
उमानाथ शास्त्री सिन्धुलिय साहित्यि प्रतिष्ठानका अध्यक्ष प्रज्वल सिन्धुलीय भाइदाजुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उमानाथ शास्त्री सिन्धुलिय साहित्यि प्रतिष्ठानका सचिब केदार प्रसाद देवकोटाले गर्नुभएको थियो ।