सिमा अतिक्रमणको विरुद्धमा शनिवार सडकमा श्रष्टाहरु उत्रने भएका छन् । भारतले सार्वजनिक गरेको नक्सामा नेपालको सिमा मिचिएको भन्दै उनिहरु भारत विरुद्ध उत्रने भएका हुन् । उमानाथ शास्त्री सिन्धुलीयन साहित्यिक प्रतिष्ठान,सिन्धुलीको आयोजनामा शनिवार अपराहन्न २ बजे देखि सिन्धुलीमाढी सडकमा रहेर विरोध प्रर्दशन गरिने जनाईएको छ ।
यसैविच शुक्रबार सिन्धुलीको दुधौलीमा पनि विरोध प्रदर्शन भएको छ । दुधौलीमा विद्यार्थीहरुले भारतविरुद्ध गो ब्याक ईन्डिया भन्दै बजार परिक्रमा गरी प्रदर्शन गरेका हुन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु )दुधौलीको आयोजनामा भारत विरुद्ध प्रदर्शन गरिएको हो ।
प्रदर्शनको कोण सभामा बोल्नुहुँदै अनेरास्ववियुका संयोजक विजय खड्काले नेपाल छिमेकी राष्ट्र पिडीत भएको बताउनुभयो । नेपालीहरुले ईतिहासमा अंग्रेजलाई पनि पराजित गरेको स्मरण गर्दै भारत विरुद्ध प्रदर्शन गरिएको बताईएको छ । प्रदर्शनमा भारतिय विस्तारबाद मूर्दाबाद लगायतका नाराहरु समेत लगाईएको थियो ।