मध्यक्षेत्रिय प्रहरी तालिम केन्द्र दुधौलीमा झाडापखाला र भाइरल ज्वरोका विरामी देखा परेका छन् । विहिवार देखि एक्कासी तालिम केन्द्रका १ सय ४४ जना प्रहरीमा झाडापखाला र भाईरल ज्वरो देखिएको हो ।
एकैचोटी ठूलो संख्यामा विरामी परेपछी दुधौली तालिम केन्द्रको बाहिरी प्राङ्गगणमा आकास्मिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको तालिम केन्द्रका एसएसपी सन्दिप भण्डारीले जानकारी दिनुभयो ।
दुधौली नगरपालिकाको स्वास्थ्य शाखाले विरामी सबैको केन्द्रमै पुगेर उपचार गरिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले सम्म १ सय २२ जनाको उपचार भईससकेको छ । अन्य विरामीका लागी तालिम केन्द्रमा र दुधौली स्वास्थ्य शाखामा औषधि अभाव भएकाले उनिहरुको उपचार प्रभावित भएको छ ।
थप स्वास्थ्य सेवाका लागी स्वास्थ्य कार्यालय सिन्धुलीबाट चिकित्सक सहितको ६ जनाको टोली प्रभावित क्षेत्रमा जादैँ गरेको जनाईएको छ ।
विरामीहरुमा रुघाखोकी, टाउको दुख्ने, झाडापखाला र भाइरल ज्वरोको लक्षण देखा परेको प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीहरुले जानाकारी दिएका छन् ।