शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

लैंगिक समानता तथा सरसफाइका लागी नाटक प्रर्दशन

बिहिवार , कार्तिक २८, २०७६

सिन्धुलीको तिनपाटन गाउपालिकामा विहिवार सिन्धुली कलाघरका कलाकारहरुले जनचेतनामुलक नाटक प्रदर्शन गर्ने भएका छन् । बिहिबार बिहान ८ बजे तिनपाटन गाउपालिका ३ बोक्सेमा नाटक प्रदर्शन गर्ने भएका हुन् ।

यसैगरि दिउसो १२ बजे तिनपाटन गाउपालिका २ भिमस्थान (धारागाउँ)मा र अपराह्न ४ बजे तिनपाटन गाउपालिका १ बेलघारी (झुगाँ)मा प्रदशनी कार्यक्रम तय भएको छ ।

प्लान नेपाल सिन्धुली र रिलिफ नेपालको सयुक्त आयोजना तथा कलाघर सिन्धुलीको प्रस्तुती रहने नाटकको लेखन तथा निर्देशन सिन्धुली कलाघरका अध्यक्ष नेपाली बाबु सुमनले गरेका छन् । यस्तै शिसिर सिद्ध, पवित्रा रम्तेल, पदम बर्माशाखा, निरुता लामा, रीता थिंग, पुजा गौतम, सन्चीता थापामगर, कुशल बि.कको अभिनय रहने जनाईएको छ ।

लैंगिक समानता तथा सरसफाइसँग सम्बन्धीत रहेको नाटक शुक्रबार सुनकोशी गाउपालिकाको २ स्थान र ३० गते शनिबार कमलामाइ नगरपालिकाको २ स्थानमा प्रदर्शन हुने कार्यक्रम रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया