शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

स्मृती विमोचन तथा पुस्तकालय अवलोकन

बिहिवार , कार्तिक २८, २०७६

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्ममितीका अवसरमा जनसेवा पुस्तकालय,सिन्धुलीले स्मृती विमोचन गरेको छ । पुस्तकालय अध्यक्ष तथा स्मृतिका प्रधान सम्पादक शेषराज दाहालको अध्यक्षतामा बुधबार सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा संघिय सांसद हरिवोल गजुरेल लगाएत अतिथिहरुले स्मृतीको विमोचन गर्नुभएको हो ।

साहित्यिक अर्धवार्षिकको आठौँ श्रृङ्गखलामा मायाँ प्रेम, राजनिती, जातिय भेदभाब, बाल बिबाह,सामाजिक विकृती,विंसगी लगायत समासामयीक बिषय समेटिएका अनुभव,लेख,कविता,गित,गजलहरु समेटिएका छन् ।

स्मृृती विमोचन तथा पुस्तकालय अवलोकन कार्यक्रममा संघिय सांसद गजुरेलले सिन्धुलीमा नेपालकै नमुना पुस्तकालय संचालन गनु पर्ने बताउनुभयो । पुस्तकालय संचालका लागी वृहत योजना बनाएर अगाडी बढ्नु पर्ने उहाँको धारण थियो । उहाँले पुस्तकसँग आफ्नो राजनितीक जिवन जोडिएको बताउनुभयो । सिन्धुलीमा नेपालकै नमुना पुस्तकालय निर्माण गर्न आफुले गर्नु पर्ने सहयोगमा कुनै कन्जुसाई नगर्ने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सासंद लेखनाथ दाहाल राजन,कमलामाई नगरप्रमुख खड्ग बहादुर खत्रि,प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जिल्लामा नमुना पुस्तकालय आवश्यक रहेको औल्याउनु भयो । उहाँलेहरु सिन्धुलीमा नमुना पुस्तकालय संचालनका लागी स्थानीय सरकार,प्रदेश सरकार र संघिय सरकार विच समन्वय गरेर अगाडी बढ्न सुल्झाउनु भयो ।

कार्यक्रममा डाक्टर हरिप्रसाद पोखरेल,सुरक्षाकर्मी,राजनितीक दलका प्रतिनिधिहरु,साहित्यक स्रष्टाहरु,नागरिक समाजका व्यक्तित्वहरु लगाएको उपस्थिती रहेको थियो । कार्यक्रममा स्मृतीका लेखक तथा साहित्यकारहरुलाई उच्च योग्दानको मुल्यांकन गरि सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया