लैंगिक संवेदनशिलताको लागि पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रम मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । प्लान इन्टरनेश्नल नेपाल सिन्धुलीको सहयोग तथा क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे र ओरेक नेपालको सयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समाचार लेखन, प्रशारण र प्रकाशनमा पत्रकार र सञ्चालमाध्यामले अपनाउनु पर्ने संवेदनशिलताका विषयमा छलफल भएको छ । छलफलमा सहभागीहरुले समाचार लेखनमा संवेदनशीलतालाई ख्याल गरिएको भन्दै जिल्लामा यसको राम्रो अभ्यास भएको बताएका छन् ।
कार्यक्रममा युएनएफपिएका प्रेम खड्काले पत्रकारले पीडकको गोपनीयता र संवेदनशिलतालाई ध्यान नदिँदा पीडित झनै पीडामा पर्ने भएकाले यसमा ध्यान दिन आग्रह गर्नुभएको थियो । साथै उहाँले जिल्लामा लैंगिक समानताको अवस्था र पत्रकारले अप्नाउनु पर्ने संवेदशिलतालगायतका बारेमा कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
क्रियाशिल पत्रकार महिला डब्लुडब्लुजेका अध्यक्ष कृञ्जला पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा प्लान नेपालका हेम पौडेल, डब्लुडब्लुजेका निर्वतमान अध्यक्ष सुजता लामा, जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागीहरुलाई ओरेक नेपालकी संयोजक सपना थापाले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन डब्लुडब्लुजेका सचिव राधिका बुढाथोकीले गर्नुभएको थियो ।