सिन्धुलीको स्थानीय तहमा कर्मचारीको चरम अभाव रहेको छ । स्थानीय तहमा भएका कर्मचारी पनि समायोजन पछि अन्यत्र जाँदा झनै समस्या हो । कर्मचारीको अभावमा सिंहदरवारको अधिकार गाउँगाउँमा आयो भन्ने बुझाईलाई गाउँकार्यपालिकाको कार्यालयबाट वास्तविक रुपमा कार्यान्वयन गर्न चुनौती भएको घ्याङ्गलेख गाउँपालिका सिन्धुलीका प्रशासकीय अधिकृत सन्तोष नेपालीले बताए ।
समायोजन पछि गाउँपालिकामा कर्मचारी आउँछन् भन्ने ठुलो आशा थियो । उनले भने,“ कर्मचारी समायोजन पछि झनै समस्या भयो गाउँपालिकामा भएका कर्मचारी पनि अन्त्र गएको अवस्था छ ।” उनले सरकारको निती तथा कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वय गर्ने संयन्त्र भनेको कर्मचारी नै भएको बताए । उनले भने,जनप्रतिनिधिहरुले गरेका निर्णयहरु कार्यान्वय गर्न कर्मचारी चुस्त भएन । यस गाउँपालिकामा मात्रै कृषि,शिक्षा,लेखा,प्राविधिक,इन्जिनियर,महिला लगाएतका शाखाहरु कर्मचारी विहिन छन् ।
कृषिको क्षेत्रमा संम्भावनायुक्त गाउँपालिका भए पनि कार्यक्रम संचालन गर्न नसकिएको उनको भनाई छ । बजेट त्यसै फ्रिज भएर गयो । करारमा रहेका २ जना कर्मचारीको भर छ । विषयगत शाखाका संयोजकहरु नहुँदा कार्य सम्पादनमा निकै असहजता भएको उनले बताए । उनले जनप्रतिनिधिहरु र कर्मचारी विचको सम्बन्ध अत्यन्तै राम्रो भएको बताए । कर्मचारीहरु सुविधाभोगी छन्, गाउँपालिका विकास र पुर्वाधारका हिसावले धेरै पछाडी छ । सुचना र संञ्चारको ठुलो समस्या छ । समन्वय र सहकार्यका लागी सम्पर्क सहज रुपमा गर्न सक्ने अवस्था छैन । ३,४ र ५ मा यसको मुख्य समस्या छ । टेलिफोनको टावरले समेत काम गरिरहेको अवस्स्था छैन । यस्तो दुर्गमा ठाउँमा कर्मचारी आउनै मान्दैनन् । प्रशासकीय अधिकृत नेपालीले भने ।
तीनपाटन गाउँपालिकाको समस्या पनि उस्तै छ । कर्मचारी समायोजनको कारण गाउँपालिकामा रहेका कर्मचारी बाहिर गएपछि समस्या भएको तीनपाटन गाउँपालिकाका उपाध्यक्ष पदम कुमारी तामाङले बताईन् । लेखा साखा , महिला तथा बालबालिका शाखा र प्रमुख प्रशासकीयको कोटा समेत खाली रहेको उनले जानका्री दिईन । त्यसैगरी गाउँपालिकाको ९ र १० नम्बर वडा सचिब बिहिन छ । एउटा वडाको सचिबले दुई वटा वडाको काम गर्नु पर्ने अबस्था रहेको उनको भनाई छ । ७ महिना देखि लेखा शााखामा कर्मचारी नहुदा काम चलाउनकै लागि कोलेनिकाबाट दुईचार महिना काम गर्ने कर्मचारी झिकाउदा पनि समस्या भएको उनको गुनासो छ । कर्मचारी अभाकको कारण पहिलो चौमासीक कार्तिक महिनामै सकाउनु पर्ने काम समेत ठप्प भएको गाउँपालिकाले जनाएको छ ।