घ्याङ्गलेख गाउँपालिका सिन्धुलीले राष्ट्रिय विद्युत प्रसारण लाइनको सोमबार उद्घाटन गरेको छ । गाउँपालिकाको चार वटा वडाहरुमा विद्युत विस्तार भएसँगै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले विद्युत प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।
नेपाल विद्युत सिन्धुली वितरण केन्द्रको सहयोगमा गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ मा विद्युत विस्तार गरिएकोे गाउँपालिका अध्यक्ष जगत बहादुर भोलनले जानकारी दिए । उनले स्थानीय तहको चुनावमा अध्यारोमुक्त बनाई गाउँपालिकालाई उज्यालो बनाउँछु भनेर गरेको प्रतिबद्धता पुरा गदैँ गरेको बताए । घ्याङ्गलेखमा विद्युत विस्तार भएसँगै गाउँपालिकावासी निकै हर्षित भएका छन् । उनले भने,“स्थानीयवासीहरुले दुई हातमा दुई खुट्टा मिलाएर तालि बजाएको महसुस गरेको छु ।”
उनले गाउँपालिकामा नेपाल विद्युत सिन्धुली वितरण केन्द्र लगाएत सरोकारवालाहरुको सहयोगमा विद्युत विस्तार गर्न सफल भएको बताए । घ्याङ्गलेखमा विद्युत विस्तार गर्न ५० करोडको माग गर्नेहरुलाई ५ करोड लागतमा गाउँपालिका पुरै झलमल्ल बनाएर देखाउन सफल हुने उनको भनाई छ । उनले निस्वार्थ भावना लिएर सुशासन र पारदर्शिता कायम गदँै तटस्थ भएर गाउँपालिकाको विकासमा खटेको बताए । उनले गाउँपालिकाबासीसँग चुनावमा गरेका प्रतिवद्धताहरु पुरा गर्ने शिलशिलामा भोकभोकै दिनरातहरु वितेको गुनासो समेत गरेका थिए ।
विद्युत प्रसारण लाइनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले गाउँपालिकामा विकासको ढोकाहरु खुल्दै गरेको बताए । उनले चार वटा वडाहरुमा विद्युत विस्तार गरेकोमा बधाई र विद्युत विस्तार हुन बाँकी रहेको वडा नम्बर ५ मा विद्युत विस्तार गर्नका लागी
गाउँपालिकालाई शुभकामना समेत व्यक्त गरेका थिए । उनले गाउँपालिकामा शान्ती,सुरक्षा र अमनचयन कायम गर्न पुर्ण प्रतिवद्ध भएको बताए । उनले गाउँपालिकाको विकास,समृद्धि र सुशासनका लागी समेत आफ्नो क्षेत्रले भ्याए सम्म सहयोग गर्ने बचन दिए ।
गाउँपालिका उपाध्यक्ष दुर्गादेवि सुनुवारले वडा नम्बर ५ मा विद्युत विस्तार गर्नका लागी टेण्डर भईसकेको जानकारी दिईन् । उनले विद्यूत विस्तारका लागी वडा नम्बर ५ मा गाउँपालिकाले ९० लाख प्रदान गरिसकेको बताईन् । गाउँपालिकामा रहेका ५ वटा वडाका प्रत्यक टोलटोलमा विद्युत पु¥याउन अझै संर्घण गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । यस्तै गाउँपालिकाका प्रशासकिय अधिकृत सन्तोष नेपालीले विकास सँगै विनास हुने धारण राखेका थिए । उनले सुरक्षा अपनाउन नसक्दा विजुलीबाट करेन्ट लागेर कतिपयको ज्यान गएको भन्दै सहजता अपनाउन सम्पुर्णलाई आग्रह गरिन ।
कार्यक्रममा विद्यूत वितरण केन्द्रका इन्जिनियर राजु महत्तोले १७ किलोमिटरमा विद्युत जडान भएको जानकारी दिए । हाल पनि विद्युत जडानको कार्य संचालन भईरहेको बताए । उनका अनुसार कुनै पनि संस्था वा घरमा विद्युत लाईन जडान गर्न ५० रुपैया फारम भर्न र २५ सय मिटर बक्स खरिद गर्न खर्च हुन्छ । यसका लागी विद्यूत वितरण केन्द्र सिन्धुली वा गाउँपालिकामा सम्पर्क राख्नु पर्ने हुन्छ ।
राष्ट्रिय विद्युत प्रसारण लाइन उद्घाटन कार्यक्रम गाउँपालिकाका ५ वटै वडाका वडाअध्यक्षहरु,नेपाल कम्युनिष्ट,नेपाली काग्रेस,समाजवादी पार्टी लगाएत राजनितीक दलका नेता,जिल्ला प्रहरी कार्यालय सिन्धुलीका नायव उपक्षिक लोकदर्शन थापा लगाएतको उपस्थिती रहेको थियो ।