सिन्धुलीका लक्ष्मणको घाउमा मलम लाइदिनेको खोजी....
सिन्धुली– विदेशबाट नेपाल फर्केको दुई महिनामा जिउमा सानो खटिरा आएपछि लक्ष्मण बहादुर तामाङले खासै वास्ता गरेनन् । तर, त्यहि घाउले आज उनलाई धुलिखेल अस्पतालको बेडमा जिवन र मरणको दोसाधमा पुर्योएको छ । उक्त सानो खटिरा जिऊभरि फैलिएपछि तामाङ अहिले उपचार गरिरहेका छन् । सिन्धुलीको तामाङको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालमै उपचार रोकियो । आर्थिक सहयोग जुटाउनकालागि केहि युवाहरुले पहल गरे । केहि पैसा संकलन भएपछि उनको पुनः उपचार शुरु भएको छ । तर, संकलित ती रकम उपचारकालागि अपुग हुने परिवारले बताएको छ । उपचारकैक्रममा भएको पैसा सक्किएपछि तामाङका छोरा सौगात तामाङ अहिले चिन्तित छन् । आफ्नो बुवाको उपचार गर्न नसक्ने पिर सौगातलाई परेको छ । उनको उपचारकालागि चकमकेका मिरा तामाङले सोमबार मात्रै चार हजार पाँच सय रुपैँया सहयोग गरेकि छिन् । तामाङको उपचारकालागि आर्थिक सहयोग गरिदिन छोरा सौगातले आग्रह गरिरहेका छन् । आर्थिक सहयोग जुटाउन लागिपरेका गोपाल तिमल्सिनाका अनुसार बिरामीलाई सहयोग गर्न चाहनेले सौगातसँग ९८२६८०७३६६ नम्बरमा सम्पर्क गर्न सकिने छ ।