२५२ औँ सिन्धुलीगढी विजयोत्सव समारोहमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सिन्धुलीगढीमा युद्ध संग्राहालयको शिलन्यास गरेका छन । सिन्धुलीगढी इतिहासको संरक्षण,प्रर्वधन र संम्वद्र्वनका लागी संग्राहालय निर्माण हुने भएको हो ।
नेपाली सेनाले ४ करोड ५० लाख लागतमा निर्माण कार्य थालेको संग्राहालय सम्पन्न भईसकेपछि भ्रमण बर्ष २०२० को प्रमुख पर्यटकिय गन्तव्य सिन्धुलीगढी हुने रक्षामन्त्री पोखरेलको विश्वास छ । संग्राहालयबाट भावि पुस्ताले सिन्धुलीगढीको ऐतिहासिक महत्व बुझ्ने र देख्ने अवसर पाउने उनले बताए । उनले भने “हाम्रो पुर्खा एवम् पुर्वजहरुले रचेको विरासत इतिहासको संरक्षण,प्रर्वधन र संम्वद्र्वन गदै भावि पुस्तालाई हस्तान्तरण गर्नु अहिलेका जिम्मेवार व्यक्तिहरुको कर्तव्य हो ।”

उनले ऐतिहासिक रानीदरवार पुनःनिर्माणका लागी प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको र अव निकट भविष्यमै सम्पन्न हुने पनि जानकारी दिए । उनले सरकारले एक सय पर्यटकीय गन्तव्यमा सिन्धुलीगढीलाई राखेको बताए ।
उनले भने, “नेपाल एकीकरणको अभियानमा प्रयोग भएका देशभरी ऐतिहासिक पदमार्ग ती सबै पदमार्गलाई जोडेर ‘युनिफिकेशन ट्रेल’को अवधारण प्रस्तुत गरिएको र चाँडै कार्यान्वयन हुनेछ ।”
कात्तिक २४ गते आइतबार कमलामाई नगरपालिकाद्धारा सिन्धुलीगढीमा आयोजित कार्यक्रममा उनले इतिहास संरक्षण गर्न नेपालीहरु एकजुट हुन आवश्यक रहेको बताए । इतिहासमा उल्लेख भएको सिन्धुलीगढी अव वर्तमानको पुस्ताले पनि अनुभव गर्ने गरि पुनःनिर्माण गरिने बताए ।
नेपाल एकिकरणको दौरानमा वि.स १८२४ असोज १५ गते त्यस बेलाको शक्तिशाली राष्ट्रघाती ब्रिटिस फौजलाई पराजित गरेर नेपाली सेनाले राष्ट्रको स्वाधिन्ता रक्षा गरेको ऐतिहासिक स्थल सिन्धुलीगढी हो । रक्षामन्त्रि पोखरेलले सिन्धुलीगढी नेपालीहरु र नेपाली सेनाको जिवित इतिहास र गौरव रहेको बताउनुभयो । सिन्धुलीगढी र हरिहरपुरगढी सिन्धुलीका प्रमुख ऐतिहासिक सम्पदाका रुपमा रहेको छन् । यस अर्थमा पनि सिन्धुलीगढी विजयोत्सवको विशेष महत्वपुर्ण रहेको छ । उहाँले भन्नुभयो । सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाया गित मार्फत सिन्धुलीलाई चिनाउनु हुने स्व.कृष्णविक्रम थापाको योगदानलाई कायम गर्नको लागी संग्राहालयमा स्थान हुने उनको भनाई छ ।
नेपाल पत्रकार महासंघले २०६७ सालदेखि प्रत्येक बर्ष कात्तिक २४ गते मनाउन सुरु गरेको सिन्धुलीगढी विजयोत्सव मनाउन स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वा्चित भएर आएपछि नगरपालिका आफैले निरन्तरता दिएको छ । सोही अवसरमा रक्षामन्त्री पोखरेलले सिन्धुलीगढीको ठुलो गढीमा नेपालको राष्ट्रिय झन्डा फहराउनुका साथै युद्ध संग्रालयको शिलन्यास गरेको हो ।
प्रधानसेनापति पूणचन्द्र थापाले विसं १८२४ मा किनलाक नेतृत्वमा आएको अङ्ग्रेजी फौजलाई नेपाली पुर्खाले हराएको बताए । उनले नेपाली जन्मदै सदैव स्वतन्त्र हुन पाएको उल्लेख गर्दै युद्धमा प्रयोग गरिएको तोप संग्रहालय निर्माण भइसकेपछि यहीँ ल्याउने बताए । हाल सुकेटारमा तोप संरक्षित अवस्थामा रहेको र जिल्लावासीले विभिन्न समयदेखि यहाँको तोप सिन्धुलीगढीमा नै चाहिन्छ भन्ने माग गर्दै आएकाले सङ्ग्रहालय बन्ने बित्तिकै ल्याउने उनले बताए ।

प्रत्येक बर्ष कात्तिक २४ गते मनाइँदै आएको नेपाल एकिकरणका बेला आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई हराएर बिरासत बोकेको सिन्धुलीगढीको बिजय उत्सव यस बर्ष पनि निरन्तरता दिइएको थियो । विगतका बर्षमा कात्तिक २४ गते एक दिन मात्रै मनाइँदै आएकोमा यस बर्ष भने तीन दिन मनाइएको थियो । कात्तिक २२ र २३ सिन्धुलीगढीमा नेपाली सेनाले कला प्रर्दशनी गरेको थियो भने आइतबार सिन्धुलीगढी परिसरमै भब्य कार्यक्रमको आयोजना गरि सिन्धुलीगढी विजय उत्सव मनाइएको हो ।
नेपाल एकीकरणका बेला बिं.सं. १८२४ असोज १५ गते सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इष्ट इण्डिया कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएर बिरासत कमाएको इतिहास सिन्धुलीगढीले बोकेको छ ।
कमलामाई नगरपालिकाको आयोजनामा भएको २५२औँ विजयोत्सवमा इतिहासविद् प्रा.डा त्रिरत्न मानन्धर, सिन्धुलीबाट निर्वाचित संविधानसभा सदस्य विषमलाल अधिकारी, मोहनप्रसाद बराल, निरु दर्लामी, सङघीय सांसद गणेशकुमार पहाडी, हरिबोल गजुरेल, प्रदेशसभा सदस्य, लेखनाथ दाहाल, प्रदीप कटुवाल, विनोद खड्का, बुद्धिमान माँझीलगायत नौवटै स्थानीय प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यलगायत सर्वसाधारणको उपस्थिति थियो ।
सिन्धुलीगढीको संरक्षणमा कसैको ध्यान नपुगेपछि सिन्धुलीगढीको संरक्षण, प्रचारप्रसार गर्न टेवा पुग्ने उद्देश्यले २०६७ सालबाट नेपाल पत्रकार महासंघको अगुवाइमा, तत्कालीन जिल्ला विकास समिति राजनीतिक दलले कात्तिक २४ गते उत्सव मनाउन शुरु गरेका थिए ।