सिन्धुली श्री बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अशोक श्रेष्ठलाई सर्वसम्मत चयन भएका छन । शनिवार सिन्धुलीमा आयोजित संस्थाको १२ औँ वार्षिक साधारण सभाको अवसरमा श्रेष्ठको अध्यक्षतामा एघार सदस्य संचालक समिती चयन गरेको हो ।
जसको उपाध्यक्षमा दिपक अधिकारी,सचिवमा कुल बहादुर थापा,कोषाध्यक्ष लक्ष्मी प्रधान रहेका छन् । सदस्यहरुमा छविलाल श्रेष्ठ,लिलानाथ प्रधान,मोहनलाल धमला,दयाकाजी प्रधान,सरिता श्रेष्ठ,निलिमा भट्टाराई र गोर्वधनराज श्रेष्ठ चयन भएका हु्न् ।

त्यस्तै लेखा समितीको संयोजकमा जगनाथ श्रेष्ठ,ऋण उपसमितीको संयोजकमा दिपक अधिकारी र शिक्षा उपसमितीको संयोजकमा छविलाल श्रेष्ठ सर्वसम्मत चयन भएका संस्थाले जनाएको छ ।
नवसंचालक समितीले संस्थाको पारस्परिक सेवा,आपसी लाभ,सामाजिक उदरदायित्व र विकासको पर्यायको रुपमा अघि बढाउने प्रतिवद्धता गरेको छ । सेयर सदस्यहरुलाई आयआर्जन र उत्पादमामुलक कार्यमा केन्द्रित लगानीको क्षेत्रलाई प्रभावकारी बनाउने बताएका छन् ।
विष्णु कुमार श्रेष्ठको अध्यक्षतामा भएको सहकारी संस्थाको १२ औँ साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । साधारण सभामा संस्थाको वार्षिक प्रगती प्रतिवेदन तथा आगामी बर्षको कार्ययोजना सचिव अशोक श्रेष्ठले प्रस्तुत गरका थिए ।
यसैगरी वार्षिक आर्थिक प्रतिवेदन तथा प्रस्तावित आयव्याय विवरण कोषाध्यक्ष लक्ष्मी प्रधानले प्रस्तुत गरिन् । उनले दुई करोड छयालीस लाख उनन्नसाठ्ठी हजार दुई सय छ रुपैँया बजेट प्रस्तुत गरिन् ।

७ सय ७० सेयर सदस्यहरु रहेको सहकारीमा गत बर्ष २ करोड ५ लाख २० हजार लगानी लगानी गरेको थियो । बचत निक्षत १ करोड ३२ लाख २ हजार १ सय ८५ संकलन भएको संस्थाले जनाएको छ ।
साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा असल बचत तथा ऋणकर्तालाई सम्मान समेत गरियो । असल बचतकर्ता अप्सरा सार्की र हर्कमाया माझि सम्मान पत्र सहित नगद एक हजारले पुरस्कृत भए । यस्तै असल ऋणकर्ता पार्वती श्रेष्ठ र सन्तोष बुढाथोकीलाई सम्मान पत्र र नगदले पुरस्कृत गरिएको संस्थाले जनाएको छ ।