दुधौली नगरपालिका सिन्धुलील ३ नम्बर प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री अरुण नेपाललाईे ध्यानकर्षण पत्र बुझाएको छ । बड्की एकादशीको अवसरमा दुधौली नगरपालिका–४ डकाहा बजारमा विहिवार आयोजित दोस्रो दनुवार सांस्कृतिक महोत्सव–२०७६ मा सहभागी हुन आएका नेपाललाई नगर प्रमुख घनश्याम राउतले ध्यानकर्षण पत्र बुझाए ।
दुधौली नगर प्रमुख घनश्याम राउतले दुधौली समृद्ध बनाउनका लागी विभिन्न योजनाहरुको प्रस्ताव समेत गरे । स्थानीय समस्याहरुका बारेमा बताउँदै दुधौलीमा दनुवार संग्राहलय निर्माणका लागी डिपिआर तयार भईसकेको र संचालनका लागी थप बजेटको माग ध्यानकर्षण पत्रमा गरिएको छ ।
त्यस्तै चुरे क्षेत्रको संरक्षण,खेलकुद मैदान निर्माण,कमला नदि नियन्त्रण तथा व्यवस्थापनका लागी बजेट विनियोजन गर्न अनुरोध गरिएको छ । पत्रमा नगरलाई समृद्ध बनाउन आवश्यकताका आधारमा सहयोग गर्न माग समेत गरिएको जनाईएको छ ।
उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री अरुण नेपालले ध्यानकर्षण पत्र प्रदेश रध्यानकर्षण पत्र प्रदेश रय सरकार समक्ष पेश गर्ने प्रतिद्धता व्यक्त गरेका थिए । उनले सरकार समृद्ध नेपाल बनाउने अभियानमा लागेको समेत तर्फ गरेका थिए ।