सिन्धुलीको कमलाखोच क्षेत्रका दनुवार जाती आफ्नो धर्म–संस्कृतिको जगेर्ना गर्न एकजुट भएका छन् । परम्परागत रितिरिवाज र संस्कृति लोप हुन थालेपछि दनुवार समुदाय एकजुट भएर संरक्षणमा जुट्न थालेका हुन् ।
पछिल्लो समयमा आयातित सँस्कृति र रितिरिवाजले सिमान्तकृत जातीको रुपमा चिनिने दनुवार जातीको कला, सँस्कृति, रितिरिवाज, धर्म, सँस्कार हराउँदै गएको अवस्थामा दनुवार सँस्कृति संरक्षण अभियानको थालनी गरिएको दनुवार जागरण समिती सिन्धुलीले जनाएको छ ।
बड्की एकादशीको अवसर पारेर दनुवार संस्कृति संरक्षणको लागी दुधौली नगरपालिका वडा नम्बर ४ डकाहा बजारमा दनुवार सांस्कृतीक महोत्सवको आयोजना गरिएको छ । दनुवार सांस्कृतीक महोत्सवको विहिवार ३ नम्बर प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गरे । उनले कार्यक्रमलाई सम्बोधन गदै विभिन्न जातजातिको पहिचान र संस्तृती जगेर्ना गर्न स्थानी सरकार,प्रदेश सरकार र संघिय सरकारले ध्यानदिनु पर्ने धारण राखे ।
बड्की एकादशिको अवसरमा दनुवार समुदायले आफ्नो झाँकी, भेषभुषा र संस्कृतिको प्रर्दशन गरेका छन् । दनुवार समुदायले तीन दिनसम्म बरकी पर्व मनाउदै आएका छन् । अति सिमान्तकृत दनुवार जातीको मौलिक कला, संस्कृती र संस्कारको संरक्षण र संवद्र्धनका लागि भन्दै दुधौली नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक विदा समेत दिएको छ । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्वलाई दनुवार जातिले भने आफ्नो संस्कृति अनुसार बड्की एकादशी पर्वको रुपमा मनाउँदै आएको दनुवार अगुवाहरु बताउछन् ।
निराधार ब्रतबसी जातिय संस्कृती अनुसार बड्की नृत्य देखाई हरिबोधिनी एकादशीको भोलिपल्ट बिहान कमला नदीमा पुजाआरधना गरेपछि बड्की पर्व सकिने दनुवार दुधौली नगरपालिकाकी उपमेयर तथा दनुवार समाजकी अगुवा बालकुमारी अधिकारी दनुवारले बताईन् । ठुलो एकादशीको अघिल्लो दिनबाट सुरू हुने पर्व ठुलो एकादशीको भोलीपल्ट बिहान सबै दनुवार समुदाय भोकै बसेर पुजाआजा गरी कमला नदीमा पाँच वटा अमला टोकेर बगाएपछि सकिने उनले जानकारी दिईन् । पर्वमा विशेष गरेर दनुवार समुदायका अविवाहित महिलाहरूले तीन दिनसम्म निराहार व्रत बसी आफु, परिवार र सुयोग्य वर प्राप्ती तथा सुख र शान्तीको कामना गर्ने गरेका छन् ।
कमलाखोच क्षेत्रमा विगत परम्परागत रुपमा माछा मारी जीवन यापन गर्दै आएका सिमान्तकृत जातीको रुपमा चिनिने दनुवार जातीमा शैक्षिक र सामाजिक रुपान्तरण भएता पनि उनीहरुको सँस्कार र सँस्कृति भने हराउँदै जान थालेको दनुवार समुदायका अगुवाहरुको भनाई छ ।