शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

भारतले सार्वजनिक गरेको नयाँ नक्साको सिन्धुलीमा विरोध

बुधवार , कार्तिक २०, २०७६

लिपुलेक,कालापानी,लिम्पियाधुरा लगाएत ३७२ वर्ग कि.मी.नेपाली भूभागलाई भारतले आफ्नो नयाँ नक्सामा समेटेर कब्जा गरेको विरोधमा बुधबार सिन्धुलीमा विरोध प्रदर्शन भएको छ । सिन्धुलीमाढीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध सभा गरेका हुन् ।

विरोध सभामा ‘भारतीय विस्तारवाद मुर्दावाद’,‘गो व्याक इन्डिया’, कालापानी, लिपुलेक हाम्रा हुन लगायतका नारा लगाएको थियो । साविक अखिल (क्रान्तिकारी) सिन्धुली सचिव भानुभक्त श्रेष्ठले नेपालको सिमा मिच्दा विद्यार्थी संगठन आफ्नै सरकार छ भनेर चुप नबस्ने बताए । गोकर्ण भुजेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गदँै उनले आन्दोनमा उत्त्रने चेतावनी समेत दिए ।

देशलाई अप्ठ्यारो परेको अवस्थामा चुप लागेर बस्न नहुने जोड थियो । लिपुलेक कालापानी हाम्रो हो भारतले नक्सामा राख्न नपाउने बताउँदै उनले भारतको नक्सा खारेजको लागि दवाव दिनुपर्ने धाराण राखे । भारतले नक्सा परिवर्तन नगरे संगठन चुप लागेर नबस्ने र आन्दोलनमा लाग्ने चेतावनी दिईएको छ ।

प्रतिक्रिया