शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा ह्वीलचियर तथा ट्राई साईकल वितरण

बुधवार , कार्तिक २०, २०७६

अपाङ्गगता भएका व्यक्तिहरुका लागी सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीले ह्वीलचियर तथा ट्राई साईकल वितरण गरेको छ । राष्ट्रिय अपाङ्ग पुनस्थापना समाज अनामनगर काठमाडौँ,नेपालको प्राविधिक सहयोग तथा कमलामाई नगरपालिका र दुधौली नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा निशुल्क ह्वीलचियर तथा ट्राई साईकल वितरण गरिएको हो ।

मंगलबार एक कार्यक्रमका विच जिल्लाको कमलामाई नगरपालिमा १६ र दुधौली नगरपालिका ३ मा ९ वटा ह्वीलचियर तथा ट्राई साईकल वितरण गरिएको अपाङ्ग महिला संघ सिन्धुलीका अध्यक्ष दिल कुमारी देवकोटाले जानकारी दिईन् ।

ह्वीलचियरले अपाङ्गगता भएका व्यक्तिहरुलाई हिँडडुलमा सहयोग पुग्ने विश्वास गरिएको उनको भनाई छ । मंगलबार ह्वीलचियर तथा ट्राई साईकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितीका प्रमुख शंखर तिवारी वर्माले अपांगता भएका व्यक्तिले आफू सबै कुरामा कमजोर छु, भन्ने हिनताबोधबाट मुक्त हुनु पर्नेमा बताए । उनले अपांगता भएका व्यक्तिप्रति आफू सधैं सकारात्मक रहेको बताउँदै आफ्नो क्षेत्रबाट पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले अपांगता भएका व्यक्तिहरुका लागि नगरले विगतका दिनमा भएका कमीकमजोरीलाई सुधार गर्दै समन्वय र सहकार्य गरी अगाडि बढ्ने बताईन् । नगरले अपाङ्ग महिला संघ सिन्धुलीलाई यस बर्ष ८० हजार सहयोग गरेको बताईएको छ ।

राष्ट्रिय अपाङ्ग पुनस्थापना समाज अनामनगर काठमाडौँ,नेपालका उपाध्यक्ष सुगम भट्टाराईले आफूले पाएको ह्वीलचियरलाई समय समयमा मर्मत, सम्हार गरी सही रुपमा सदुपयोग गर्न आग्रह गरेका थिए । ह्वीलचियर नापजाँच गरिएकाले प्रयोग गर्दा असजिलो नहुने उनको भनाई छ । उनले यस अभियानलाई आवश्यकता अनुसार निरन्तर संचालन गरिने बताए ।

२०७४ सालको एक सर्भेक्षण अनुसार सिन्धुलीमा ४ हजार ६ सय अपाङ्गगता भएका व्यक्तिहरु रहेको जनाईएको छ ।

प्रतिक्रिया